नेकपा स्थायी कमिटी बैठकः ओलीको आलोचनामा उत्रने नेपाल, खनाल र गाैतमको तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायतले आफ्नो धारणा राख्ने कार्यतालिका बनेको छ।
शुक्रवारका लागि बुधवार नै सात एजेन्डा तय भइसकेको छ।
अहिले ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुने स्थायी कमिटीमा तीनै जना नेता ओलीको आलोचनामा उत्रिने योजनामा छन्। बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गरेका थिए।
पछिल्लो समय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कामप्रति अन्य नेताहरु असन्तुष्ट हुँदै आएका छन्। उनीहरुले पार्टी र सरकारमा ओली असफल भएको निष्कर्षसमेत निकालिसकेका छन्।
६ महिनापछि बस्न लागेको बैठकमा प्रचण्ड-नेपाल समूहका नेताहरु प्रधानमन्त्री ओलीले राजीनामा नै दिनुपर्ने माग उठाउने तयारीमा समेत छन्। वरिष्ठ नेता नेपालले गत बुधवार नै ओलीले संबोधन गर्दागर्दै बिच्चैमा आक्रोशित भएका थिए।
उनले प्रधानमन्त्री ओलीको एउटै भाषण सुन्दै आएको र पार्टी एकताको जस दुई अध्यक्षले मात्रै लिँदै आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले आफ्नै समयमा बोल्नु भन्दै नेपाललाई जवाफ दिएका थिए। बुधवारको बैठकमा नै असन्तुष्टिको संकेत गरेका नेपाल आज कडा रुपमा नै प्रस्तुत हुँदै आएका छन्। अर्का वरिष्ठ नेता खनाल र उपाध्यक्ष गौतम पनि ओलीको कामकारबाही प्रति आक्रोशित हुँदै आएका छन्।
आफू बाहेकका नेताहरुलाई मत्थर बनाउने प्रयासमा ओली क्रियाशील छन्। बिहीवार मात्रै ओलीले अध्यक्ष प्रचण्डसँग स्थायी कमिटीको बैठकमा नेताहरुको आक्रोशलाई मत्थर बनाउने विषयमा छलफल गरेका थिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












