सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्दै कांग्रेस
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
आशन्न महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकका लागि आशन्न महाधिवेशन र सरकारका कामकारबाहीबारे समीक्षा गरेर आगामी रणनीति तय गर्ने विषय बस्तु नै मुख्य एजेण्डा तय गरिएको जानकारी दिए ।
“कोभिड–१९ ले गर्दा अलमलमा परेको पार्टीको १४ औं महाविधेशवन २०७७ फागुन ७ मा यथावत राखेर तल्लो तहको अधिवेशन, क्रियाशिल सदस्यता वितरणका बारेमा छलफल हुन्छ,” उनले भने ।
महामारीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भए पनि सभापति शेरबहादुर देउवाले पूर्वनिर्धारित मितिमै पार्टीका १४ औं महाधिवेशन सम्पन्न गर्ने मनस्थिति बनाएका छन् । सभापति देउवानिकट स्रोतले २०७७ फागुन ७ गतेका लागि निर्धारण गरिएको महाधिवेशनको मिति परिवर्तन नगरिने दाबी गरेको छ ।
मुख्यसचिव पौडेलले पनि यसअघि निर्धारण गरिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने सभापति देउवाको मनस्थिति रहेको पुष्टि गरे । “आगामी फागुन ७ गते कुनै पनि हालतमा महाधिवेशन गर्ने स्ट्याण्ड छ । यो सभापतिको अपरिवर्तनिय स्ट्याण्ड हो,” उनले भने ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












