मलाई हटाउन दिल्ली र नेपालका शक्तिको खेल सुरु भयो तर त्यो असम्भव छ : प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि सहित समेटेर नक्सा सँच्याए वापत् आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन्।
‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा बताए, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछु भनेको छ भने, यो नसोचे हुन्छ।’
उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ बताए।
‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। संविधान संशोधन गरेर नक्सा सँच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ। यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन। कोशिस् गर्नेलाई गर्न दिउँ।’
आफूहरुले सच्याएर नक्सा सार्वजनिक गरेको र त्यसलाई संवैधानिक रुप दिएको बताए।
‘तपाईहरुले सुन्नुभएको हुनुपर्छ, हप्ता १५ दिन भित्र प्रधानमन्त्री परिवर्तन गरिँदैछ भनेर, भारतका मिडिया सुन्नुभएको होला,’ उनले भने, ‘भारतका बौद्धिक बहस सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ।’
भारतले नबनाऊ भन्दाभन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै नेपाल भारतवेष्ठित र खुम्चिएर रहेको परिस्थितिलाई परिवर्तन गर्न खोजेको समेत बताए।
‘हिमाल क्रस गर्न सक्छौं, दुईमध्ये दुवै छिमेकीसँग यातयात र पारवहनमा भुपरिवेष्ठित भएर बस्नु पर्दैन, यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर हामीले मौका पाउने बित्तिकै चीनसँग यातायात तथा पारवहन सन्धि गर्यौं,’ प्रधानमन्त्रीले भने।
जुन कदम नेपाललाई नयाँ उचाईमा पुर्याउने काम भएको बताए।
प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमा चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको सम्झाए।
‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। यहाँहरुलाई सम्झना होला चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको थियो, किनभने हामीसँग बहुमत थिएन,’ उनले भने।
नक्सा जारी गरेको र त्यसलाई संविधान संशोधन गरेको कामलाई ठूलो अपराध गरेकोरुपमा प्रस्तुत गर्दै त्यस्तो गर्ने केपी ओलीलाई राख्न हुन्न भनेर सबै लागि परेको उनले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












