अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुँदै
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक सोमबार राष्ट्रियसभामा पेस हुने भएको छ ।
संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा चौथो नम्बरमा यो विधेयक पेस हुने उल्लेख छ । अख्तियारलाई निजी क्षेत्र पनि हेर्न दिने अधिकार संशोधनमा थपिएपछि यसको विरोध भएको थियो ।
राष्ट्रियसभा बैठक । तस्बिर : रासस विरोध बढेपछि नेकपाले विधेयक तत्काल रोक्ने निर्णय गरेको थियो । तर, आइतबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा रहेका नेकपा सांसदहरुले पार्टी निर्णय बमोजिम केही बुँदा हटाउने सहमति गरेको जनाएका छन् । समितिका सभापति परशुराम मेघी गुरुङका अनुसार विधेयकबाट ‘पब्लिक लिमिटेड कम्पनीको स्तर र आधार तोकेरमा राजपत्रमा प्रकाशित गर्ने’, ‘अख्तियारलाई ५० हजार जरिवाना गर्ने अधिकार दिने’ र ”कुनै पनि विकास निर्माण कार्यमा स्टे अर्डर दिनसक्ने अधिकार’ हटाउने सहमति भएको छ । यस्तै, ‘अनुचित कार्य गरेको हो होइन हेर्ने अधिकार’ पनि हटाउन सत्तारुढ सांसदहरु सहमत भएका हुन् ।
नेकपा नेताहरु सुवास नेम्वाङ र दीनानाथ शर्मासमेतको उपस्थितिमा यो सहमति भएको सभापति गुरुङले बताए । उनले यसको जानकारी विपक्षी कांग्रेसको राष्ट्रियसभाका नेता राधेश्याम अधिकारीलाई दिइएको बताए । तर, अधिकारले भने यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
विधेयकबाट यी बुँदा हटाउँदा यसले निजी क्षेत्र हेर्नेगरी अधिकार दिने प्रावधान हट्ने भएकाले अब यसमा विपक्षीको विरोध नरहने समितिका एक सदस्यले दावी गरे । राष्ट्रियसभामा नेकपाको बहुमत भएकाले यो विधेयक आजै पारित हुने संभावना छ । पारित भएपछि यो तल्लो सदन प्रतिनिधिसभामा जानेछ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












