अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुँदै
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक सोमबार राष्ट्रियसभामा पेस हुने भएको छ ।
संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा चौथो नम्बरमा यो विधेयक पेस हुने उल्लेख छ । अख्तियारलाई निजी क्षेत्र पनि हेर्न दिने अधिकार संशोधनमा थपिएपछि यसको विरोध भएको थियो ।
राष्ट्रियसभा बैठक । तस्बिर : रासस विरोध बढेपछि नेकपाले विधेयक तत्काल रोक्ने निर्णय गरेको थियो । तर, आइतबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा रहेका नेकपा सांसदहरुले पार्टी निर्णय बमोजिम केही बुँदा हटाउने सहमति गरेको जनाएका छन् । समितिका सभापति परशुराम मेघी गुरुङका अनुसार विधेयकबाट ‘पब्लिक लिमिटेड कम्पनीको स्तर र आधार तोकेरमा राजपत्रमा प्रकाशित गर्ने’, ‘अख्तियारलाई ५० हजार जरिवाना गर्ने अधिकार दिने’ र ”कुनै पनि विकास निर्माण कार्यमा स्टे अर्डर दिनसक्ने अधिकार’ हटाउने सहमति भएको छ । यस्तै, ‘अनुचित कार्य गरेको हो होइन हेर्ने अधिकार’ पनि हटाउन सत्तारुढ सांसदहरु सहमत भएका हुन् ।
नेकपा नेताहरु सुवास नेम्वाङ र दीनानाथ शर्मासमेतको उपस्थितिमा यो सहमति भएको सभापति गुरुङले बताए । उनले यसको जानकारी विपक्षी कांग्रेसको राष्ट्रियसभाका नेता राधेश्याम अधिकारीलाई दिइएको बताए । तर, अधिकारले भने यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
विधेयकबाट यी बुँदा हटाउँदा यसले निजी क्षेत्र हेर्नेगरी अधिकार दिने प्रावधान हट्ने भएकाले अब यसमा विपक्षीको विरोध नरहने समितिका एक सदस्यले दावी गरे । राष्ट्रियसभामा नेकपाको बहुमत भएकाले यो विधेयक आजै पारित हुने संभावना छ । पारित भएपछि यो तल्लो सदन प्रतिनिधिसभामा जानेछ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












