नेकपामा कुर्सी विवाद : अध्यक्षद्वयलाई सुरूमा सोफा, त्यसपछि कुर्सी, अहिले मञ्चबाटै तल झरे
काठमाडौं । नेकपाको बैठकमा पटक–पटक कुर्सीसम्बन्धी विवाद पर्दै आएको छ ।
मंगलबारको बैठकमा पनि त्यस्तै विवाद भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो ।
बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा ।
पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।
शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । प्रधानमन्त्री ओली त्यो दिन बैठकमै आएनन् ।
शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बसे । तर, सोफामा हैन, काठकै कुर्सीमा ।
मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको छ । आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।
यसअघिका बैठकमा अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको ।
मंगलबारको बैठकमा पाँचजना नेताको कुर्सी अगाडि राख्न पनि केहीबेर वादविवाद नै भएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले सुरक्षाकर्मी खटाएर शुरुमा सचिवालय सदस्यहरु बस्ने मञ्चका कुर्सी भूइँमा झारे ।
त्यसक्रममा कार्यालय सचिवहरुले दुई अध्यक्षलाई अगाडिका कुर्सीमा राखेर अरु सबै नेताहरुलाई समान लहरमा कुर्सी व्यवस्था गरेका थिए ।
बैठक शुरु हुन लाग्दा हलमा प्रवेश गरेका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र रघुजी पन्तले दुई अध्यक्षलाई मात्र अगाडि राखिएकोमा आपत्ति जनाए ।
उनीहरुले पूर्वप्रधानमन्त्रीहरुलाई पनि अध्यक्षहरुकै लहरमा राख्नुपर्ने भनेपछि थप कुर्सीहरु अगाडि सारिएको थियो ।
अध्यक्ष प्रचण्ड त्यतिबेलासम्म बैठक हलमा प्रवेश गरिसकेका थिए । यसैबीच उपध्यक्ष बामदेव गौतम पनि बैठक कक्षमा प्रवेश गरे ।
उपाध्यक्षलाई पनि अध्यक्षहरुकै लहरमा राख्नुपर्ने भन्दै नेताहरु नै कुर्सी बोकेर अगाडि सरेपछि दुई अध्यक्षसहित पाँचजना नेतालाई अगाडि राखेर समान खालको आसन व्यवस्थापन गरिएको नेकपा स्रोतले जनाएको छ ।
सुरक्षाकर्मीहरु कसको आदेश मान्ने भन्दै हच्किएपछि स्थायी कमिटी सदस्यहरुले नै कुर्सी बोकेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












