अगेनोमा दाहाल-नेपालको निचोड: प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादबीच प्रधानमन्त्री केपी ओली इतर समूह रणनीति बनाउन जुटेको छ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउने रणनीतिसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुट बैठक ललितपुरमा सकिएको छ। ललितपुरको झम्सिखेलस्थित अगेनो रेस्टुरेन्टमा बसेको गुट बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा गर्न लगाउने रणनीति बनाएको छ। स्रोतका अुनसार ओलीलाई सुरूमा प्रधानमन्त्रीबाट राजीनामा गराउने रणनीति गुट भेलाले बनाएको छ।
उक्त गुट भेलाले प्रधानमन्त्री ओलीले पार्टी पद्धति र पार्टीको निर्देशन मान्ने प्रतिवद्धता गर्नुपर्ने निचोड निकालेको छ। पार्टीको निर्णय मान्ने गरी अघि बढ्न तयार भएमा दुईमध्ये एक पद कायम राखेरै अघि जान सकिने निश्कर्ष बैठकमा निस्किएको हो। तर पार्टीको निर्देशन पनि नमान्ने र सरकार कार्यशैली नसुध्रिने हो भने नेकपाले बाँकी रहेको प्रतिष्ठा पनि गुमाउने निचोड निकाल्दै उक्त गुट बैठकले पहिले प्रधानमन्त्रीबाट र पछि पार्टी अध्यक्षबाट विदा गर्ने रणनीति बनाएको स्रोतले दाबी गरेको छ।
‘यो बैठकले ओलीको अहमतका कारण पार्टी र सरकार दुवै बदनाम हुन पुगेको निचोड निकालेको छ’, बैठकका सहभागी एक नेताले भने, ‘अब कुनै पनि हालतमा ओलीलाई सरकार र पार्टी अध्यक्षबाट पनि विश्राम दिने रणनीति बनेको छ। भोलि बस्ने स्थायी कमिटी बैठकमा त्यही रणनीति अनुसार प्रस्तुत हुने निचोड निस्किएको छ।’ अगेनोमा भएको गुट बैठकबारे जानकारी दिँदै स्थायी कमिटीमा भइरहेको छलफलबारे त्यहाँ पनि कुराकानी भएको बताएका छन्।
उनले बिहान र दिउँसो भएका बैठकपछिको विकसित अवस्थाबारे अध्यक्ष दाहालले अन्य नेताहरुसँग परामर्श गरेको बताएका छन्। तर रावलले बैठकको निचोडबारे केही पनि जानकारी दिएनन्। पार्टीभित्र तीव्र विवाद भएपछि दाहाल-नेपाल समूह पछिल्लो समय नजिकिएर ओलीविरुद्ध मोर्चाबन्दी गरेका छन्। जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको एक अभिव्यक्तिलाई लिएर दाहाल-नेपाल समूह आक्रोशित भएका छन्। प्रधानमन्त्रीले आफूलाई सरकारबाट फ्याँक्न दिल्लीसहित नेकपाभित्रै षड्यन्त्र गरिरहेको बताएका थिए। त्यसपछि उनीसँग दाहाल-नेपाल समूहले दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। त्यही बिषयमा थप छलफल गर्न ललितपुरको एक होटलका दुई गुट संवादमा जुटिरहेका छन्।
अगेनो रेस्टुरेन्टमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी थिए। उक्त बैठकमा केही मन्त्री र जनार्दन शर्मासहितका नेताहरु पनि सहभागी भएका थिए। बुधबार एक घण्टा बसेर स्थायी कमिटी बैठक स्थगितपछि थप रणनीति तयार गर्न अध्यक्ष दाहालकै पहलमा उक्त भेला भएको हो। प्रधानमन्त्री ओलीले पनि बुधबारको बैठक बस्नुअघि आफूनिकट नेताहरुसँग बालुवाटारमै छलफल गरेका थिए। उनले सम्भावित कदमबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिरहेका छन्।
नेकपा स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राजीनामा गर्न दबाब बढाइरहेको छ। नेता नेपाल दाहालतिर ढल्किँदा ओली स्थायी कमिटीमा अल्पमतको अवस्थामा छन्। नेकपामा स्थायी कमिटी ४४ सदस्यीय छ। अहिले ओलीसँग १४ जना मात्रै नेताहरु रहेको जिकिर दाहाल-नेपाल समूहको छ। तर नेकपाको पार्टी एकताको विधानमा बुहमतका आधारमा पार्टी अध्यक्षलाई हटाउन सकिने कल्पना गरिएको छैन। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेकपामा महाधिवेशनसम्म दुई अध्यक्षले नै पार्टी चलाउने कुरा व्यवस्था गरिएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












