आफू निकट युवा नेतालाई ओलीको निर्देशनः ‘अब पार्टी फुट्ने भयो,तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्यो
काठमाडौं। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका छन्।
बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्।
‘अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्यो,’ ओलीको भनाई उद्दृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने।
ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ।
सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेकाे र त्यो प्रवृत्ति पार्टीमा पनि देखिएकाे भन्दै यसको भण्डारफोर गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले राति १० बजेसम्म उनीहरुलाई ब्रिफिङ गरेका थिए। यसैबीच, प्रधानमन्त्रीको समर्थनमा आज बिहान ८ बजे भक्तपुरमा प्रदर्शन भएको छ भने मध्यान्ह १२ बजे पनि युवा र विद्यार्थीले प्रदर्शन गर्ने तयारी गरेका छन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












