परिस्थिति नबिगार्न शीर्षनेतालाई खबरदारी गर्ने दोस्रोपुस्ताका नेताहरुको निर्णय
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै जाँदा दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् ।
केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हु्न् ।
शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।
‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’
दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ ।
दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले अनलाइनखबरलाई बताए । पूर्वमाओवादी खेमाका नेता रायमाझीले अनलाइनखबरसँग भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’
दोस्रो पुस्ताका नेताहरुले विवाद साम्य पार्ने भनिरहँदा प्रधानमन्त्री केपी ओलीको समर्थकबाट सडकमा जुलुसै निस्कन थालिसक्यो नि भन्ने अनलाइनखबरको प्रश्नमा नेता रायमाझीले भने, ‘पार्टीभित्रको समस्या पार्टीभित्रै हल गरिनुपर्छ, सडकमा लैजानुहुँदैन । जसले सडकमा प्रर्दशन गरिरहेको छ, त्यो तत्काल रोकिनुपर्छ ।’
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...












