नेविसंघ नेतृत्वप्रति काँग्रेस सभापति देउवा आक्रोशित
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काएका छन्।
विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाए।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा शुक्रबार देउवाले कोरोना महामारीमा किन कार्यक्रम राख्नुपर्यो भन्ने प्रश्न पनि गरे।
‘सोसल डिस्ट्यान्सिङ भन्या छ, तर यहाँ टाँस्सेर बसिरहेको छ,’ कार्यक्रममा सामाजिक दूरी कायम नगरेकोप्रति लक्षित गर्दै देउवाले थपे, ‘अहिले यो खतरा रोग आएको छ। सामाजिक दूरी कायम गर्नुस्। टाँस्सेर बसेर केही हुनेवाला छैन।’
उनले कोरोना महामारीका बेला कार्यकर्ता भेला गरेर भाषण गर्ने कार्यक्रम नगरे पनि हुने बताए।
‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ। गर्नै परे अलि फराकिलो ठाउँमा गर्नुपर्यो,’ देउवाले भने, ‘अहिलेको बेला सबैले कार्यक्रम गर्न छाडिसकेका छन्। हामीले मात्रै गर्नुपर्ने? बढ्ता हुनुपर्ने? भाषण गर्नैपर्ने?’
विद्यार्थी भेला गरेर भाषण गरिहाल्ने नेविसंघ नेतृत्वलाई उनले थर्काएका हुन्।
‘विद्यार्थीलाई बोकेर/भेला गराएर भाषण गरिहाल्नुपर्ने?,’ सभापति देउवाले भने, ‘बढ्ता जान्ने भइहाल्नुपर्ने?’
उनले कांग्रेसको १४ औं महाधिवेशनपछि नेविसंघलाई पूर्णता दिइने बताए। राजीव ढुंगानाको नेतृत्वमा रहेको नेविसंघमा नेताहरूको भागबन्डाका आधारमा उपसभापति, महामन्त्रीहरू मात्रै छन्।
छ महिनामा नेविसंघको महाधिवेशन गर्नुपर्ने जिम्मेवारीसहित ढुंगानाको नेतृत्वमा नेविसंघ गठन गरे पनि कार्यकाल सकिन लाग्दा केन्द्रीय समितिले नै पूर्णता पाएको छैन। अधिवेशन गर्ने कुनै तयारी छैन।
देउवाले फागुनमा हुने पार्टीको महाधिवेशनपछि नेविसंघले पूर्णता पाउने पनि बताए। ‘नेविसंघको पूर्णता महाधिवेशनलगत्तै हुन्छ,’ उनले भने।
देउवाले नेविसंघ एकआपसमा झगडामा रमाएकोले समस्याहरू आइपरेको पनि बताए।
‘विद्यार्थी आपसमा मिलेको भए समस्या नै हुने थिएन,’ उनले भने, ‘आफैं झगडा गर्या गर्यै छन्।’
देउवा यतिमा रोकिएनन्। आफू नेविसंघ सभापति भएको कुरा पनि निकाले।
‘म नेविसंघ सभापति हो। चार पटक प्रधानमन्त्री भइसकेँ,’ नेविसंघ नेताहरूतर्फ औंला देखाउँदै देउवाले सोधे, ‘यस्तै हिसाबले तपाईंहरू कोही चारपटक प्रधानमन्त्री हुन सक्नु हुन्छ? लाज पनि छैन।’
सभापति देउवाले नेविसंघले गाउँगाउँमा गएर संगठन नबनाएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘अहिले जहाँ पनि नेविसंघले हारेको छ, कम्युनिष्टले मात्रै जितेको छ,’ देउवाले भने, ‘हामीले जहाँ पनि नेविसंघले जितेको थियो।’
देउवा २०२७ सालमा नेविसंघ सभापति भएका थिए। त्यसबेलाको कुरा गर्दै देउवाले नेविसंघको संगठन बलियो भए मात्रै पार्टी पनि बलियो हुने बताएका हुन्।
‘नेविसंघलाई बलियो बनाउनुस्। जहाँ पनि हारेको छ, लाज पनि छैन,’ देउवाले भने।
उनले नेविसंघ कहाँ छ भन्ने प्रश्न पनि गरे। ‘कहाँ छ नेविसंघ? गाउँमा छ? स्कुलहरूमा छ?,’ देउवाको प्रश्न छ, ‘गाउँमा देखिँदैन। गाउँमा नेविसंघ नभएसम्म पार्टी बलियो हुन्न।’
सभापति देउवाले पहिलेका नेविसंघ सभापतिहरूलाई पनि आफूले गाउँमा जान, संगठन बलियो बनाउन आग्रह गरे पनि अटेर गरेको बताए।
‘पहिलेका सभापतिलाई पनि भने ए बाबा गाउँमा जाऊ, नेविसंघ बलियो बनाऊ,’ देउवाले भने, ‘गाउँ जाँदैनन्। संगठन बनाउँदै बनाउँदैनन्। हारेको छ हारेको छ। सबै कम्युनिष्टले जितेको छ। बढ्ता भाषण गरेको गर्यै छ।’
नेविसंघ नेतालाई देउवाले गाउँमा संगठन बनाएर मात्रै आफूसँग कुरा गर्न आग्रह गरे।
‘यहाँ सहरमा भाषण गरेर केही हुन्न, गाउँ जाऊ गाउँ,’ उनले भने, ‘गाउँमा संगठन गरेपछि मात्रै मसँग कुरा गर्न आऊ। ठूला भाषण गरेर मात्र हुन्न।’
देउवाले २ मिनेट २६ सेकेन्ड भाषण गरेका थिए। कार्यक्रममा नेविसंघ सभापति ढुंगाना र पूर्वमहामन्त्री मनोजमणि आचार्यले बोलेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल निकट आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको, संगठनलाई पूर्णता नदिएको बताएपछि देउवाले उक्त जवाफ दिएका हुन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












