खुमलटारमा रणनीतिक बैठकः सचिवालयका ६ सदस्य सहभागी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुको बैठक बसिरहेको छ।
शनिबार दिउँसो नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको छ।
बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल बैठकमा सहभागी छन्। जसमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहका सदस्य भने सहभागी छैनन्। नेकपाको ९ सदस्यीय सचिवालय सदस्यमध्ये ओली, इश्वर पोखरेल र विष्णु पौडेल बैठकमा नभएका हुन्।
नेकपाभित्र विवादले उग्र रुप लिएपछि पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफल भइरहेको बैठकमा एक सचिवालय सदस्यले जानकारी दिए। शुक्रबार बालुवाटारमा प्रचण्डसँग पार्टी एकता सकेसम्म गर्ने तर पार्टी अहिले फुटे सरह रहेकाले आफुले अर्को पार्टी बनाउने बताएपछि नेकपाभित्र अर्को तरंग फैलिएको छ। ति सदस्यले भने ‘ हिजो ओलीले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा नगर्नुस् भनेर प्रचण्डलाई भन्नु भएछ अब कसरी पार्टी एकता जोगाउने भन्नेमा हामी छौं, यही विषयमा छलफल चलिरहेको छ।’
ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्न भन्दै प्रचण्डलाई आग्रह गरेका थिए। ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्को एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो? फैसला गर्नुहोस्सम्म मलाई भन्नुभयो’ ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै प्रचण्ड ब्रिफिङ गरे।
२ जेठ २०७५ मा ओली र प्रचण्डबीच भएको लिखित पाँचबुँदे सम्झौतामा अढाई वर्षपछि आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख भएको विषयमा विवाद बढेपछि विवाद मिलाउन २०७६ मंसिर ४ मा अर्को समझदारी भएको थियो। त्यसमा प्रचण्डलाई दल र ओलीलाई पाँच वर्ष नै सरकार सञ्चालन गर्न दिने सहमति भएको थियो। तर पनि नेकपाभित्र ओली-प्रचण्ड संघर्ष रोकिएको छैन्।
पार्टी विवाद उत्कर्षमा पुगेपछि शुक्रबार एक दिनका लागि स्थायी समिति रोकेर नेताहरू सहमतिको मिलनबिन्दु खोजीमा जुटेका थिए। दुई अध्यक्ष मात्र होइन, दोस्रो पुस्ताका नेताहरू पनि शुक्रबार दिनभर एकअर्को पक्षबीच छरिएरसमेत ‘साइडलाइन’ छलफलमा बसेका थिए। छलफलमा भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए।
पार्टीका दुवै अध्यक्षलाई भेट गरी २ जेठ २०७५ को पाँचबुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनकै आधारमा टेकेर कुनै न कुनै मिलन बिन्दु खोजी गर्न दबाब दिने निष्कर्ष ती नेताहरूले निकालेका थिए। मिलनबिन्दु पत्ता नलाग्दा ओलीले पनि बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल जारी राखेका थिए। माधव नेपालले पनि स्थायी समिति सदस्य वेदुराम भुसाल, भीम रावललगायतसँग आफ्नै निवास कोटेश्वरमा भेट गरेका थिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












