सभामुख सापकोटा बाह्रबिसे बाढी प्रभावित क्षेत्रमा
शल्यक्रिया गरेको आँखामा पट्टी बाँधेरै पहिरोस्थल पुगे सभामुख
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढी पहिरोबाट भएको क्षतिको अवलोकन र पीडित परिवारलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा बिहीबार दिउँसो पुगेका छन्।
बुधबार शल्यक्रिया गरेको आँखाको पट्टी बाँधेरै उनी बाढी पहिरो प्रभावितस्थलमा पुगेका हुन्। बुधबार मात्रै आँखामा समस्या आएपछि शल्यक्रिया गराएका सापकोटा पटक पटकको प्रयासपछि नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बुमा गएराति बाढी पहिरो जाँदा दुईजनाको मृत्यु भइसकेको छ भने २० जना बेपत्ता छन्। पहिरोले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ।
बाढी पहिरोले अरनिको राजमार्गसमेत कटान गरेको छ। राजमार्ग कटान गरेपछि उद्धार गर्न समस्या भएपछि सभामुख सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन्। हेलिकप्टरमार्फत गम्भीर घाइते भएका दुईजनाको उद्धार गरिएको छ।

Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











