‘मैले लगाएको पुरानो थोत्रो जकेटले प्रचण्डलाई लज्जाबोध भएछ क्यारे!
काठमाडौं । पूर्व मन्त्री एवम् तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताएका छन्।
विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन्। ‘मेरो आदर्श स्खलित भएको दिन!’ शीर्षक राखेर उनले लेखको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क. बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उप्काएका छन्।
उनले लेखेका छन्, ‘मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो!’ सो घटना पार्टी भर्खरै शान्तिप्रकृयामा आएको बेलाको भएको उल्लेख गर्दै मगरले आफूसँग त्यतिखेर पैसा पनि नभएको उल्लेख गरेका छन्।
‘आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो’ उनले लेखेका छन्, ‘आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भनननन…चक्कर आयो, तर,सम्हालिएर बसेँ र अडिएँ। यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो : मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु, धत् मोरा! भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो।
‘१० वर्षे जनयुद्धको पूरै समय भूमीगत रहेका र जेलनेल समेत भोगेका मगरले पार्टीप्रति असन्तुष्टि जनाउँदै २०७४ असोजमा पार्टी परित्याग गरेका थिए। २०३७ सालदेखि कम्युनि्ट राजनीतिमा लागेका विष्ट एकपटक पर्यटन तथा नागरिक उड्ययनमन्त्री र एकपटक स्वास्थ्यमन्त्री बनिसकेका छन्। पार्टी छाडेपछि विष्टले काभ्रेको भकुन्डेवेसी र काठमाडौंको साँखुमा जमिन भाडामा लिएर कालोमार्सी धान खेती गरेका थिए। हाल उनी दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरीमा ड्रागन फ्रुटको खेतीमा लागेका छन्।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











