उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले गरे प्यानलसहित उम्मेदवारी घोषणा
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
ढकालले मंगलबार बालुवाटारमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।
वरिष्ठ उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छा अर्को प्यानलमा लाग्नुभएको छ, त्यो अशोभनीय छ। उहाँ सबैको साझा बन्नुपर्छ ।’
ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन्।
कार्यक्रममा उनले अर्को प्यानलका साथीहरुले सबै व्यवसायीको हित गर्न नसक्ने दाबी गरे।
उनले भने, ‘पहिले पनि व्यवसायीका समस्या समाधान गरेको हामीले नै हो र अब पनि हामीले नै गर्नेछौँ।’
महासंघको निर्वाचन आगामी साउन २५ र २६ गतेका लागि तय भएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












