राष्ट्रबैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ।
बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
दिउँसो तीन बजे नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति जारी गरिने उनले जानकारी दिए ।
स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । ‘अब कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन हुँदै छ,’ स्रोतले भन्यो, ‘कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकले गर्नेछ ।’
यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । ‘आंशिक रूपमा सीमा तोकेरै नगद लाभांश वितरणमा कडाइ गरिनेछ,’ स्रोतले भन्यो ।
सेयर धितोमा प्रदान गरिने कर्जाको सीमा पनि हालको ६५ प्रतिशतबाट बढाइएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन आवश्यक व्यवस्था मिलाइने घोषणा पनि नीतिमा हुनेछ । कोभिडबाट प्रभावित ऋणीले साँवा र ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।
मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको स्रोतले बताएको छ । जसमा कोभिड–को असरले प्रभावित ऋणीलाई कम, मध्यम र धेरै प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । ‘सोही वर्गीकरण अनुसार साँवा तथा ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्मको समयावधि दिन लागिएको छ,’ स्रोतले भन्यो, ‘यसरी धेरै समयावधिको सुविधा पाउनेमा होटेल, एयरलाइन्स, पर्यटनलगायत कोभिडबाट बढी प्रभावित क्षेत्र छन् ।’
असार मसान्तमा ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई म्याद थपसँगै ब्याजको पुँजीकरण, ग्रेस अवधि थपलगायत कर्जा पुनःसंरचनाका लागि पर्याप्त समय दिइएको स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर सेवाको गुणस्तर अभिवृद्धिमा जोड, सहुलियत दरको कर्जाको प्रभावकारी परिचालन, डिजिटल बैंकिङलगायत क्षेत्रमा केही नयाँ व्यवस्था समेटेर मौद्रिक नीति ल्याउन लागिएको बताइएको छ ।
दीर्घकालीन तरलता व्यवस्थापनका लागि लामो अवधिको रिपो र निक्षेप संकलन उपकारण जारी गर्नेबारे पनि मौद्रिक नीतिमा सम्बोधन हुनेछ । निजी क्षेत्रले उठाउँदै आएको कर्जाको पुनःसंरचना, पुनर्कर्जा र राहत ‘थ्रीआर’ विषयले राम्रो प्राथमिकता पाएको छ ।
मर्जर तथा ‘एक्विजिसन’मा नयाँ कुरा नभए पनि ‘कन्सोलिडेसन’ (एकीकरण) लाई निरन्तरता दिने कुरा मैद्रिक नीतिमा पनि समेटिनेछ । तर, बाध्यात्मक मर्जरको नीति यसपालि पनि नभएको स्रोतले बताएको छ ।
‘भुक्तानी सेवा प्रदायक र सञ्चालकको लाइसेन्स बन्द गरिने भएको छ,’ स्रोतले भन्यो, ‘नयाँ आर्थिक वर्षदेखि नै ती कामका लागि नयाँ संस्थालाई लाइसेन्स वितरण नगरिने व्यवस्था आउँदै छ ।’ यस्तै, लघुवित्त वित्तीय संस्थाको नयाँ अनुमतिपत्र बन्द गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा परेको छ । डिजिटल बैंकिङलाई राम्रो काम गर्न प्रोत्साहन मात्र नभए बाध्यात्मक पार्ने खालको नीतिगत व्यवस्था पनि मौद्रिक नीतिमा आउने स्रोतले बताएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












