वाणिज्य बैंकहरुले कम्तीमा १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने
काठमाडौं। कृषि क्षेत्रको विकास लागि वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले कुल कर्जा प्रवाहको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको हो। हाल वाणिज्य बैंकहरूले कुल कर्जामध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्दै आएका छन्।
राष्ट्र बैंकका अनुसार विस.स २०८० असार मसान्तसम्म न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रको विकासमा लगानी गर्नुपर्ने छ। उक्त कर्जा कृषि क्षेत्रको पूर्वाधार विकास र खेतीमा लगानी गर्नुपर्ने हुन्छ।
त्यस्तै, फलफूलमा आत्मनिर्भर हुने गरी कर्जा प्रवाह गरिनुपर्ने छ भने रेशम र जुट जस्ता वस्तुको खेती गर्न वितरण गरिने कर्जामा लचकता अपनाउनुपर्ने हुन्छ।
कृषि ऋण पत्रमा लगानी गर्न प्रोत्साहन गरिने छ। कृषि कर्जा खरिदबिक्रीको व्यवस्थालाई सरलीकरण गर्ने तथा किसान क्रेडिट कार्डको व्यवस्था गरिने राष्ट्र बैंकले बताएको छ।
यसका साथै, नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तालिमको विकास गर्न आवश्यक संरचनाको विस्तार गरिने गर्भनर महाप्रसाद अधिकारीले बताएका छन्।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











