खुमलटार भेलाको निष्कर्ष- विचार तय नभइ महाधिवेशन असम्भव !
काठमाडौं । नेकपाका पूर्वमाओवादी केन्द्र तर्फका स्थायी कमिटी सदस्यहरूले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आइतबार खुमलटार बोलाएर छलफल-परामर्श गरेका थिए । भेलामा लेखराज भट्टबाहेक पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्य उपस्थित थिए । उनीहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निकालेका छन् ।
“पार्टी अध्यक्ष, प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्छ । भूमिका खेल्नुपर्छ । प्रचण्डको भूमिका पनि आउला,” भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, “छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्छ ।”
आज प्रचण्डले सुझाव माग्न खुमलटार (निवास) बोलाएका थिए । भेलामा सहभागी अधिकांशले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पुर्याउने मुख्य दायित्व ओलीकै भएको बताएको गजुरेलले बताए । सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उनको भनाइ थियो ।
“पूर्वएमाले जनताको बहुदलीय जनवादमा अडिने, पूर्वमाओवादी एक्काइसौं शताब्दीको जनवादतिर अडिने हो भने पछाडि फर्कने कुरा हुन्छ । एकता अगाडि बढ्नका लागि हुन्छ । अहिलेको सन्दर्भमा ती पुराना विचार हुन् । अहिलेको यथार्थलाई आत्मसात् गरेर समाजवादको आधार तयार गर्न नयाँ कार्यदिशा तय गर्नुपर्ने हुन्छ । त्यसबारे बहसै सुरु भएको छैन । मङ्सिरमा महाधिवेशन सम्भव छैन । हामीले चैतमा गर्ने भनेकै छैनौ । वर सार्ने हो भने पहिले विचार टुङ्ग्याउँ भनेर हामीले सुझाव दियौं,” गजुरेलले भने ।
उनले जारी स्थायी कमिटी (असार १० गतदेखि सुरु भएको र भोलिसम्मका लागि स्थगित भएको) बैठक छिटो सक्न सुझाव दिएको बताए । बाढी, पहिरोको प्रक्रोप बढेको, उद्धार, राहतको काममा कार्यकर्ता परिचालन गर्नुपर्ने बेलामा सधैँ बैठकमा अल्झिएर बस्न नहुने विचार अधिकांशले राखेको पनि गजुरेलको भनाइ छ ।
“हामीले बैठक छिटो सक्न भनेका छौं । दुई अध्यक्षले पार्टी एकतालाई बचाउन र सुदृढ तुल्याउन भूमिका खेल्नुहोस् भनेर पनि सुझाव दिएका छौं,” उनले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












