स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली-दाहाल संवाद
काठमाडाैँ । बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
स्थायी कमिटी बैठकअघि ओली-दाहाल छलफलमा जुटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए। यसअघि बैठक ११ बजेका लागि बोलाइएको बैठक आजै १ बजे सम्मलाई सारिएको थियो। मंगलबार बिहान आन्तरिक छलफल गरेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिले छलफल भइरहेको हो। स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कयौँ पटक छलफल भएको छ। ओली-दाहाल भेटवार्ता सकिलगत्तै बैठक सुरु हुने थापाले बताए। ओली र अध्यक्ष दाहालले आज बिहान आफूनिकट नेताहरुसँग छलफल गरेका थिए। अहिले देखिएको समस्यालाई निकास दिन ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, यसमा अध्यक्ष दाहालले सहमत हुन नसक्ने बताएका छन्।
ओली, दाहाल र वरिष्ठ नेता नेपालबीचको किचलोका कारण स्थायी कमिटी बैठक अघि बढेको छैन। विगत २७ दिनयता स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसकेको छ। असार १० गते सुरु भएको बैठक नेताहरुको शक्ति संघर्षले अघि बढेको छैन। यसबीचमा विवादलाई निकास दिने नाममा शनिवार सचिवालय बैठक बसेको थियो। त्यस बैठकमा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
त्यस प्रस्तावपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिच्किएका छन्। ओलीको प्रस्तावमा आफू पनि असहमत रहेको जवाफ दाहालले नेपालालई दिएका छन्। दाहालले तत्कालीन माओवादीका नेताहरुलाई बोलाएर यही सोमवार वैचिरिक विषय नमिली मंसिरमा महाधिवेशनमा हुन नसक्ने बताएका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












