स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली-दाहाल संवाद
काठमाडाैँ । बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
स्थायी कमिटी बैठकअघि ओली-दाहाल छलफलमा जुटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए। यसअघि बैठक ११ बजेका लागि बोलाइएको बैठक आजै १ बजे सम्मलाई सारिएको थियो। मंगलबार बिहान आन्तरिक छलफल गरेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिले छलफल भइरहेको हो। स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कयौँ पटक छलफल भएको छ। ओली-दाहाल भेटवार्ता सकिलगत्तै बैठक सुरु हुने थापाले बताए। ओली र अध्यक्ष दाहालले आज बिहान आफूनिकट नेताहरुसँग छलफल गरेका थिए। अहिले देखिएको समस्यालाई निकास दिन ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, यसमा अध्यक्ष दाहालले सहमत हुन नसक्ने बताएका छन्।
ओली, दाहाल र वरिष्ठ नेता नेपालबीचको किचलोका कारण स्थायी कमिटी बैठक अघि बढेको छैन। विगत २७ दिनयता स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसकेको छ। असार १० गते सुरु भएको बैठक नेताहरुको शक्ति संघर्षले अघि बढेको छैन। यसबीचमा विवादलाई निकास दिने नाममा शनिवार सचिवालय बैठक बसेको थियो। त्यस बैठकमा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
त्यस प्रस्तावपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिच्किएका छन्। ओलीको प्रस्तावमा आफू पनि असहमत रहेको जवाफ दाहालले नेपालालई दिएका छन्। दाहालले तत्कालीन माओवादीका नेताहरुलाई बोलाएर यही सोमवार वैचिरिक विषय नमिली मंसिरमा महाधिवेशनमा हुन नसक्ने बताएका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












