“वैचारिक कार्यभारलाई केन्द्र राखी महाधिवेशन को तयारी गरौं”, मंसिरमा सम्भव छैन : प्रवक्ता श्रेष्ठ
महाधिवेशन प्राविधिक कुरा मात्र होइन
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र महाधिवेशन बहस सुरु भएको छ ।
शनिबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएपछि नेकपाको बहस मोडिएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमा एकता महाधिवेशन असम्भव भएको तर्क गरेका छन् । आफ्नो तर्कमा उभिन्दै श्रेष्ठले महाधिवेशन प्राविधिक र नेतृत्व हस्तान्तरणको मात्र विषय नभएको जिकिर समेत गरेका छन् ।
“हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा सुरु भएको छ । यो राम्रो र खुसीको कुरा हो । किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ,” उनले भनेका छन्, “तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउनु हुँदैन ।”
पार्टीभित्र विवाद सघन बन्दै जाँदा नेकपामा वैचारिक विषयले पनि प्रवेश पाएको छ । प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद नै मार्गदर्शक सिद्धान्त बनाउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै बहसको निम्तो दिएपछि पूर्वमाओवादी केन्द्र विलयको भयले झस्किएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबजमा जान नसकिने बताइ सकेका छन् ।
प्रवक्ता श्रेष्ठले निर्क्यौल गर्नुपर्ने आवश्यकता बोध गरेका छन् । “वैचारिक कार्यभारलाई केन्द्रमा राखी साङ्गठनिक कार्यभार समेत पूरा गर्ने गरी महाधिवेशन को तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिँदैन,” उनले भनेका छन् ।
महाधिवेशनको सन्दर्भमा हतपत र ढिलाइ दुवै गलत हुने श्रेष्ठको निष्कर्ष छ । “गत केन्द्रीय कमिटीको यस सम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौ,” उनको भनाइ छ । गत माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एकता महाधिवेशनको तिथि तय गरेको थियो । केन्द्रीय कमिटी बैठकले चैतको २५ गतेदेखि ३० गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो ।
प्रवक्ता श्रेष्ठले नयाँ मिति तय गरेर जान सुझाएका छन् । “महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवम् विकासको महाधिवेशन बनाऔं,” उनले सामाजिक सञ्जाल फेसबुमा भनेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












