समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता हो, जबजले समाजवादमा पुर्याउँदैन : देव गुरुङ
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न नसकिने प्रतिक्रिया दिएका छन्।
नेपाली कम्युनिष्ट आन्दोलनका एक कर्मठ नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा पत्रकारलाई प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक गुरुङले जनताको बहुदलीय जनवाद समान्तवादसँग सहकार्यमात्र गर्न हुने प्रतिक्रिया दिए।
‘समान्तवादसँग घुडा टेक्दै जाने हो भने यही जनताको बहुदलीय जनवादले सहयोग पुर्याउने छ,’ गुरुङले भने, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादमा जाने हो भने नयाँ रुपमा सोच्न जरुरी छ।’ कर्मचार्य एक निष्ठामान कम्युनिष्ट नेता भएको र उनको जीवनशैलीबाट धेरै सिक्नुपर्ने गुरुङले बताए। पार्टीभित्र चलिरहेको आन्तरिक संघर्षलाई छिट्टै समाधान गर्नुपर्ने उनले बताए।
‘अहिले पार्टीभित्र जे जस्ताे समस्या पैदा भएको भए पनि त्यसको समाधान गर्नेुपर्ने छ,’ गुरुङले भने, ‘यो समस्या समाधान गर्नुको विकल्प छैन।’ सही क्रान्तिकारी विचारमा रहेर बहस गरियो भने सही रुपान्तरण हुने नत्र गलत दिशामा बहस जाने उनले बताए। अहिलको संकटको निकास शान्ति प्रक्रिया, राष्ट्रियता र जनतालाई केन्द्रमा राखेर गरेमा समाधन हुने उनले बताए।
समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता भएको उनले बताए। बहुदलीय सामान्तवाद र साम्राज्यवादलाई विस्थापित गर्न यसबाट सम्भव नभएको उनले बताए। राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्दै समाजवादतर्फ जानुपर्ने अवस्था रहेको उनले बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












