समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता हो, जबजले समाजवादमा पुर्याउँदैन : देव गुरुङ
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न नसकिने प्रतिक्रिया दिएका छन्।
नेपाली कम्युनिष्ट आन्दोलनका एक कर्मठ नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा पत्रकारलाई प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक गुरुङले जनताको बहुदलीय जनवाद समान्तवादसँग सहकार्यमात्र गर्न हुने प्रतिक्रिया दिए।
‘समान्तवादसँग घुडा टेक्दै जाने हो भने यही जनताको बहुदलीय जनवादले सहयोग पुर्याउने छ,’ गुरुङले भने, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादमा जाने हो भने नयाँ रुपमा सोच्न जरुरी छ।’ कर्मचार्य एक निष्ठामान कम्युनिष्ट नेता भएको र उनको जीवनशैलीबाट धेरै सिक्नुपर्ने गुरुङले बताए। पार्टीभित्र चलिरहेको आन्तरिक संघर्षलाई छिट्टै समाधान गर्नुपर्ने उनले बताए।
‘अहिले पार्टीभित्र जे जस्ताे समस्या पैदा भएको भए पनि त्यसको समाधान गर्नेुपर्ने छ,’ गुरुङले भने, ‘यो समस्या समाधान गर्नुको विकल्प छैन।’ सही क्रान्तिकारी विचारमा रहेर बहस गरियो भने सही रुपान्तरण हुने नत्र गलत दिशामा बहस जाने उनले बताए। अहिलको संकटको निकास शान्ति प्रक्रिया, राष्ट्रियता र जनतालाई केन्द्रमा राखेर गरेमा समाधन हुने उनले बताए।
समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता भएको उनले बताए। बहुदलीय सामान्तवाद र साम्राज्यवादलाई विस्थापित गर्न यसबाट सम्भव नभएको उनले बताए। राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्दै समाजवादतर्फ जानुपर्ने अवस्था रहेको उनले बताए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












