उपत्यका प्रहरी केन्द्र मातहत राख्ने गृहको चाहना, प्रदेश भन्छ – हामीले पाउनुपर्छ
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल गरेका छन् ।
आइतबार सिंहदरबारमा भएको भेटमा अधिकांश मन्त्रीले अधिकार प्रत्यायोजनको विषय चाँडै टुंग्याएर समायोजन प्रक्रिया यथाशीघ्र थाल्न आग्रह गरे ।
हाल उपत्यका प्रहरीलाई संघीइ सरकार मातहत राख्ने वा प्रदेश मातहत भन्ने विषयमा विवाद छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराज जमरकट्टेल भन्छन्, ‘यस विषयमा पनि छलफल भए पनि टुंगो लागि सकेको छैन ।’
तर, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरीलाई केन्द्र मातहत राख्नुपर्ने जिकिर गर्दै आएको छ । नेपाल प्रहरीका एक उच्च अधिकृत भन्छन्, ‘भारतमा दिल्ली प्रहरी पनि संघ मातहत नै छ, अन्य देशमा पनि राजधानी केन्द्रकै मातहतमा हुन्छ ।’
मन्त्री जम्मकट्टेलको भने यसमा फरक मत छ । उनी भन्छन्, ‘हामीले विमानस्थल, भन्सार, मन्त्रीको सुरक्षालगायतको विषय मागेका छैनौं, संविधानाको व्यवस्था अनुसार १३ जिल्ला बागमती प्रदेशमा पर्छ, यसभन्दा अलग भएर सोच्नु हुँदैन ।’
उपत्यका प्रहरीलाई केन्द्र मातहत राख्नु संघीयताको मर्मविपरीत भएको उनको जिकिर छ । ‘यो मेरो मात्र कुरा होइन, सबै प्रदेशका मन्त्रीज्यूको कुरा हो’, उनले अनलाइनखबरसँग भने । जवाफमा गृहमन्त्री थापाले चाहिँ यस विषयमा अझै छलफल गर्न सकिने बताएका छन् ।
उनले भनेका छन्, ‘समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा यसबारे थप छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ ।’ समितिमा संघीय सरकारका गृहमन्त्रीसहित सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव छन् ।
प्रदेशका मन्त्रीहरुले प्रदेशभित्र एसपी सरुवाको अधिकार पनि पाउनुपर्ने माग गरेका छन् । ‘प्रदेशका जिल्लामा १५ जना एसपी केन्द्रले पठाइदिएपछि कुन जिल्लामा पठाउने भन्ने अधिकार हाम्रो हुनुपर्छ’, एक प्रदेशमन्त्रीले भने । हाल प्रदेशलाई प्रहरी निरीक्षकसम्मको सरुवा गर्ने अधिकार दिइएको छ ।
गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले भने समायोजनको मोडालिटीबारे निर्णय भइनसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘एकखाले खाका तयार भएको छ, त्यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल भएपछि टुंगो लाग्छ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












