राखेप सदस्य–सचिवमा रमेशकुमार सिलवाल नियुक्त
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पदमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई राखेप सदस्यसचिवमा नियुक्त गरेको हो। सिलवाल दोस्रोपटक सदस्यसचिव पदमा नियुक्त भएका हुन्।
यसअघि २०७६ असार २३ गते सिलवाल राखेप सदस्यसचिव पदमा नियुक्त भएका थिए।
सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने मुख्य लक्ष्यसहित राखेप सदस्यसचिवको पदभार ग्रहण गरेका थिए। समयमै साग सम्पन्न गरेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जित्न सफल भएका थिए।
तर, प्रतियोगिता सकिएको तीन महिना खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए। पदमुक्त हुने बेलासम्म खर्च विवरण सार्वजनिक नगरेपछि सिलवालको आलोचना पनि सुरू भएको छ। खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि सिलवाल पदमुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असारमा खेलकुद विकास ऐन २०७७ प्रमाणीकरण गरेकी थिइन्।
प्रमाणीकरण गरेको सातौं दिनबाट नयाँ ऐन कार्यान्वयनमा आएको थियो। नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सिफारिस समिति गठन गरी सदस्यसचिव नियुक्तिको प्रकृया अघि बढाएको थियो।
सिफारिस समितिले सिलवालसहित लीलबहादुर थापामगर र अञ्जु श्रेष्ठ गरी तीनजनाको नाम सिफारिस गरेको थियो।
यस्तै उपाध्यक्षमा शिव काेइराला नियुक्त भएका छन्।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












