सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत
काठमाडौ । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्।
थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
थापासँगै राप्रपाका ९० भन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। थापाले आफू कांग्रेसमा प्रवेश गर्दा महामन्त्री र केही केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेका थिए। महामन्त्री दिने विषयमा पार्टीभित्र चर्काे आलोचना भएपछि देउवाले महामन्त्री दिन नसक्ने र सहमहामन्त्री दिन सक्ने बताएका थिए। अन्ततः थापाले देउवाको प्रस्ताव स्वीकार्दै सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन्। यद्यपि आजको पार्टी प्रवेश कार्यक्रममा पदीय जिम्मेवारी भने नदिइएको थापाका सहयोगकी अरुण शर्माले जानकारी दिए।
थापा कांग्रेस प्रवेश गर्ने हल्ला गत वर्षको माघमै चलेको थियो। यो बीचमा सभापति देउवाले पार्टी उपसभापति विमलेन्द्र निधिलाई थापासँग छलफलको जिम्मा दिएका थिए। राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए। थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












