दार्चुलाका सीडीओको पत्रः कालापानी क्षेत्र नेपालकै हो, अवरोध नगर्नू
काठमाडाैँ । भारतले अतिक्रमण गरेको नेपाली भूमिमा नेपालीलाई नै अवरोध गर्ने गरी पत्र पठाएपछि नेपालले पनि त्यसको जवाफ दिएको छ।
भारतको धार्चुलास्थित इलाका प्रशासनले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अवरोध नगर्न भनिएको छ।
‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ एवं त्यस समयमा प्रकाशित नक्साहरु साथै ऐतिहासिक तथ्य र प्रमाणहरुको आधारमा काली नदी र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले लेखेको पत्रमा भनिएको छ, ‘उल्लिखित नेपाली भूभागहरुमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारणा रहेको विषय जानकारी गराउँछु।’
यसअघि भारतको इलाका प्रशासन कार्यालयलाई यसबारे कुनै जावफ नदिने बताएका प्रमुख जिल्ला अधिकारी पोख्रेलले गृह मन्त्रालयको निर्देशनपछि भारतलाई पत्रको जवाफ फर्काएका हुन्।
भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालले त्यसको विरोध गरेको छ। यस्तै नेपालले आफ्नो मिचिएको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेत समेटेर नयाँ नक्सा जारी गरेको छ।
सो नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न गरिएको संविधान संशोधन पनि संसदबाट सर्वसम्मत पारित भएपछि भारतले त्यसको विरोध जनाउँदै आएको छ।
यो विषयलाई दुवै देशले वार्ताको माध्यमबाट समाधान गर्ने भने पनि भारतले त्यस क्षेत्रमा कसैलाई प्रवेश नदिन भन्दै पछिल्लोपटक पत्राचार गरेको थियो।
त्यसको जवाफमा नेपालले त्यो क्षेत्र नेपालकै भएको पुनः स्मरण गराउँदै पत्रको जवाफ दिएको हो।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...












