नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखियो : मणि थापा
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताएका छन्।
‘हिजोबाट हाम्रो पार्टी एकताताकाको स्पिरिटमा आइपुगेको छ’, उनले भने, ‘अब यही कोर्समा पार्टी अघि बढ्छ।’ बुधबार रिपोर्टर्स क्लबमा बोल्दै थापाले आफू कुनै पनि गुटमा नभएको जिकिर गरे। ‘म एकताको पक्षमा छु। म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु’, उनले भने, ‘अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु।’ उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फुट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता रहेको बताए।
‘पार्टी फुटको चरणमा पुगेको छैन। हाम्रो पार्टी फुटको चरणमा छैन’, उनले थपे, ‘तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। यो शक्ति संघर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ।’ साक्षात्कारमा बोल्दै थापाले हिजोको बैठकमा आफू अनुपस्थित भएको पनि सुनाए। ‘दुई अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गइनँ’, उनले भने, ‘हिजो बालुवाटारमा बसेको भनिएको स्थायी कमिटीबारे मेरो विरोध छैन।’
वामदेव र बादलले फेरियो शक्ति सन्तुलन
हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको पनि उनले जानकारी दिए।
उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ।’ वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ। ‘यसअघि वामदेव कमरेड अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबाट प्रस्तुत हुनुभएको थियो’, उनले भने, ‘तर, हिजो उहाँले ६ बुँदे प्रस्ताव ल्याएसँगै नेकपाको शक्ति समीकरणमा थोरै चेन्ज ल्याएको छ। सचिवालयको समीकरणमा पनि चेन्ज आएको छ।’ उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको विश्वास व्यक्त गरे।
‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ,’ उनले थपे। एकताको मर्म पनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी त्यही दिशामा आइपुगेको उनको तर्क छ। ‘मेरो पनि यही धारणा हो। पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कमरेड कार्यकारी अध्यक्षको भूमिका रहने’, उनले थपे, ‘चैतमा एकता महाधिवेशन सम्पन्न गर्ने हो।
यो भनेको आम धारणा पनि हो।’ उनले बहुमत/अल्पमतको आधारमा नभई सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे। वामदेवको हिजो प्रस्तावलाई लिएर गरिएको प्रश्नमा उनले नेकपामा कुनै तेस्रो धार नभएको स्पष्ट पारे। ‘वामदेव एकताको पक्षमा आउनुभयो’, उनले भने। अध्यक्षद्वय ओली-दाहाल सहमतिकै आधारमा स्थायी कमिटी बैठक बस्ने उनले सुनाए।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












