कांग्रेसमा अन्तर कलहः नवप्रवेशीलाई मनपरी सदस्यता बाँडेको पौडेलको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया सुरु भएसँगै असन्तुष्टि देखा पर्न थालेका छन्।
आसन्न महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन, विस्तारका साथै पार्टीमा नवप्रवेशीलाई विधानविपरीत आफूखुसी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको हो।
पौडेल समूह निकट केन्द्रीय सदस्यको बुधबार पार्टी मुख्यालय सानेपामा बसेको भेलाले विभागलाई पूर्णता दिने काम रोक्न र क्रियाशील सदस्यता वितरणलाई पारदर्शी बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। पौडेल समूह निकट केन्द्रीय सदस्य जीवन परियारले देउवालाई बिहीबार लिखित ध्यानाकर्षण गराउने जानकारी दिए। ‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। पार्टी महाधिवेशनमा केन्द्रित हुनुपर्ने बेला विधानको व्यवस्था विपरीत विभाग गठनको कुनै औचित्य छैन। यसको काम पनि छैन,’ उनले भने, तर सभापतिज्यूले विभाग विस्तारलाई जोड दिनुभएको छ। यसबारे सभापतिलाई भेटेरै लिखित ध्यानाकर्षण गराउने कुरा भएको छ।’
पौडेल समूहको अर्काे असन्तुष्टि क्रियाशील सदस्यता वितरणमा छ। दुई वर्षअघि संघीय निर्वाचनअघि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी समायोजनदेखि विभिन्न समयमा कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई मनोमानी रूपमा क्रियाशील सदस्यता वितरण गरेको सो समूहको आरोप छ। उनीहरूले राप्रपा परित्याग गरी मंगलबार कांग्रेस प्रवेश गरेका सुनीलकुमार थापासहितका नेताहरूको विषयलाई समेत महाधिवेशनसँग जोडेका छन्। ‘विधानमा अरू पार्टीबाट प्रवेश गराउने निश्चित व्यवस्था छ। उनीहरूलाई पनि क्रियाशील सदस्यता दिने प्रावधान पनि प्रष्ट छ,’ केन्द्रीय सदस्य परियारले भने, पार्टी प्रवेश गर्नेहरूलाई हामी स्वागत गर्दछौं। यसमा हाम्रो कुनै असहमति छैन यो खुसीको कुरा हो। तर क्रियाशील सदस्यता वितरण विधानको पालना नगरेर तल्लो तहमा नयाँ पार्टीबाट आएकाहरूलाई आफूखुसी सदस्यता बाँड्ने काम भएको छ।’
पार्टी विधानमा स्थानीय निकायको सिफारिसका आधारमा मात्रै क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान रहे पनि संस्थापन पक्षले केन्द्रबाटै व्यक्तिपिच्छे सदस्यता दिने गरेको पौडेल समूहको आरोप छ। राप्रपा परित्याग गरेका थापासहितका नेताको कांग्रेस प्रवेशको विषयमा पनि वरिष्ठ नेता पौडेलले पार्टीको पदाधिकारी बैठकमै असहमति जनाएका थिए। ‘महाधिवेशनका बेलामा किन अरू पार्टीबाट मान्छेहरू ल्याउनुपर्यो ? आफ्नै पार्टीभित्रका नेता कार्यकर्तालाई व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भनेका थिए।
सभापति देउवाले फागुन दोस्रो करिब २० विभाग गठन गरेका थिए। फागुन १९ गते चारवर्षे औपचारिक कार्यकाल सकिन केही दिनअघि देउवाले विभाग संयोजक मात्रको जिम्मेवारी दिएका थिए। विभाग गठनप्रति सुरुदेखि नै पौडेल समूह असन्तुष्ट थियो। तर, पछिल्लो समय देउवाले विभाग विस्तारलाई तीव्रता दिएपछि उनीहरू थप चिढिएका हुन्। देउवा महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रिय रहेका पौडेल समूहको आरोप छ। केही समय अघि मात्रै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी नै दिएका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












