प्रचण्ड राजीनामा लिएर बालुवाटार जानु पर्दथ्योः हरिबोल गजुरेल
प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले बैधता नपाए पछि राजिनामा दिनु पर्थ्यो
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनु उत्तम विकल्प हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका छन् ।
कार्यकारी हैसियतका रुपमा बसेको स्थायी कमिटी बैठकले बैधता नपाए पछि त्यहाँ बसिरहन नहुने उनको जिकिर छ । साउन १३ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेकाले प्रचण्ड सेरेमोनियल जस्तो देखिए । अध्यक्ष प्रचण्डले त्यतिबेलै राजीनामा दिनु पर्ने तर्क उनले गरे । ‘प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड बाटोमा जाँदा–जाँदै स्थायी कमिटी स्थगित गरेको सूचना पठाउनु भयो ।
बालुवाटार पुगेर झलनाथ खनाल लिएर भेट हुन जाँदा प्रचण्डले राजीनामा लिएर जानु पथ्र्यो’, गजुरेलले भने– ‘अध्यक्ष प्रचण्डले यो ठूलो मौका गुमाउनु भयो ।’ कहिलेकाही पछि हट्दा पनि राजनीतिक पहलकदमी आफ्नै हातमा आउँछ भन्ने मौका प्रचण्डले गुमाएको उनले बताए । तर, सोही दिनको स्थायी कमिटी बैठक स्थगित कि निरन्तरता भन्ने विषयमा आइतबारदेखि अध्यक्षद्वयबीच सहमति जुट्न सकेको छैन ।
वरिष्ठ नेता माधव कुमार नेपाल समूह प्रधानमन्त्री ओलीसँग जसरी हुन्छ टक्कर लिन चहाने भएकाले त्यही समूहको समिकरणमा अध्यक्ष प्रचण्ड फसेको उनले जिकिर गरे । अध्यक्ष प्रचण्डलाई राजीनामा दिन भनि सुझाव दिएको उनले बताइए । ‘मैले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिनुस्, उता (प्रधानमन्त्री ओली) दबाब हुन्छ भनेको हूँ । तर, उहाँ समिकरणमा फस्नुभयो’, उनले भने– ‘समिकरण बनाउँदा उहाँ(प्रचण्ड)को हात–खुट्टा बाँधिएको छ ।’ एक कदम पछि हटेर पहल लिन सुझाएको औंल्याउँदै गजुरेलले भने– ‘मैले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ ।
उहाँले मैले एक्लै कसरी राजीनामा दिनु भन्नुभएको थियो मसँग । मैले त्यो कुरा अध्यक्ष प्रचण्डलाई सुनाई दिएको पनि हो ।’ पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रचण्डले युद्धविराम गरी राजनीति पहलकदमी आफ्नो हातमा लिएको स्मरण समेत गराए । ‘राजा ज्ञानेन्द्रले निरकुंशता लादेर संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन जान खोज्दा प्रचण्डले एकतर्फी युद्धविराम गरेर राजनीतिक पहलकदमी आफ्नो हातमा लिएका थिए ।
जसका कारण ज्ञानेन्द्रको भ्रमण नै रोकिएको थियो’, उनले भने । प्रचण्डले आफूलाई सेरेमोनियल बनाएकै दिन राजीनामा दिएको भए अहिले नयाँ सिराबाट छलफल हुने र ओलीले पनि राजीनामा दिन बाध्य हुने अवस्था आउने नेता गजुरेलको विश्लेषण छ । एउटा मौका गुमेपनि एजेण्डा त्यही अड्किएको उनले बताए । आइतबारदेखि अध्यक्षद्वयबीचको भेटघाटमा जारी स्थायी कमिटीे निरन्तरता वा स्थगित गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












