प्रचण्ड राजीनामा लिएर बालुवाटार जानु पर्दथ्योः हरिबोल गजुरेल
प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले बैधता नपाए पछि राजिनामा दिनु पर्थ्यो
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनु उत्तम विकल्प हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका छन् ।
कार्यकारी हैसियतका रुपमा बसेको स्थायी कमिटी बैठकले बैधता नपाए पछि त्यहाँ बसिरहन नहुने उनको जिकिर छ । साउन १३ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेकाले प्रचण्ड सेरेमोनियल जस्तो देखिए । अध्यक्ष प्रचण्डले त्यतिबेलै राजीनामा दिनु पर्ने तर्क उनले गरे । ‘प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड बाटोमा जाँदा–जाँदै स्थायी कमिटी स्थगित गरेको सूचना पठाउनु भयो ।
बालुवाटार पुगेर झलनाथ खनाल लिएर भेट हुन जाँदा प्रचण्डले राजीनामा लिएर जानु पथ्र्यो’, गजुरेलले भने– ‘अध्यक्ष प्रचण्डले यो ठूलो मौका गुमाउनु भयो ।’ कहिलेकाही पछि हट्दा पनि राजनीतिक पहलकदमी आफ्नै हातमा आउँछ भन्ने मौका प्रचण्डले गुमाएको उनले बताए । तर, सोही दिनको स्थायी कमिटी बैठक स्थगित कि निरन्तरता भन्ने विषयमा आइतबारदेखि अध्यक्षद्वयबीच सहमति जुट्न सकेको छैन ।
वरिष्ठ नेता माधव कुमार नेपाल समूह प्रधानमन्त्री ओलीसँग जसरी हुन्छ टक्कर लिन चहाने भएकाले त्यही समूहको समिकरणमा अध्यक्ष प्रचण्ड फसेको उनले जिकिर गरे । अध्यक्ष प्रचण्डलाई राजीनामा दिन भनि सुझाव दिएको उनले बताइए । ‘मैले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिनुस्, उता (प्रधानमन्त्री ओली) दबाब हुन्छ भनेको हूँ । तर, उहाँ समिकरणमा फस्नुभयो’, उनले भने– ‘समिकरण बनाउँदा उहाँ(प्रचण्ड)को हात–खुट्टा बाँधिएको छ ।’ एक कदम पछि हटेर पहल लिन सुझाएको औंल्याउँदै गजुरेलले भने– ‘मैले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ ।
उहाँले मैले एक्लै कसरी राजीनामा दिनु भन्नुभएको थियो मसँग । मैले त्यो कुरा अध्यक्ष प्रचण्डलाई सुनाई दिएको पनि हो ।’ पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रचण्डले युद्धविराम गरी राजनीति पहलकदमी आफ्नो हातमा लिएको स्मरण समेत गराए । ‘राजा ज्ञानेन्द्रले निरकुंशता लादेर संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन जान खोज्दा प्रचण्डले एकतर्फी युद्धविराम गरेर राजनीतिक पहलकदमी आफ्नो हातमा लिएका थिए ।
जसका कारण ज्ञानेन्द्रको भ्रमण नै रोकिएको थियो’, उनले भने । प्रचण्डले आफूलाई सेरेमोनियल बनाएकै दिन राजीनामा दिएको भए अहिले नयाँ सिराबाट छलफल हुने र ओलीले पनि राजीनामा दिन बाध्य हुने अवस्था आउने नेता गजुरेलको विश्लेषण छ । एउटा मौका गुमेपनि एजेण्डा त्यही अड्किएको उनले बताए । आइतबारदेखि अध्यक्षद्वयबीचको भेटघाटमा जारी स्थायी कमिटीे निरन्तरता वा स्थगित गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












