बालकोटको घर पुगेर प्रधानमन्त्रीले भने : पाँच बर्षे कार्यकाल पुरा गरेर मात्रै फर्किन्छु
गोकुलको सुझाव–जेरी मिठो भएछ,भोलि तितेकरेला खुवाउनुस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेर आफू पाँच बर्षे कार्यकाल पुरा गरेर स्थायी बसोबासका लागि फर्किने बताएका छन् ।
प्रचण्डसँगको वार्तापछि सिधै बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ‘अब कहिले आउने हो तपाई यहाँ बस्ने गरी’ भनेर सोधेका थिए । जवाफमा ओलीले भने–अब अढाइ वर्षपछि ।
प्रधानमन्त्री ओलीले अढाइ वर्ष कार्यकाल पूरा गरिसकेका छन् । साढे दुई वर्षको बीचमा तेस्रो पटक बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओलीले भक्तपुरका बासिन्दा,जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल गरे ।
पत्नी राधिका शाक्यसहित बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका बास्कोटाले स्वागत गरेका थिए । रक्षाबन्धनका लागि बनेपामा रहेका बास्कोटा प्रधानमन्त्री आउने जानकारी पाएपछि हतार हतार फर्किएका थिए ।
प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको बास्कोटाले बताए । प्रधानमन्त्री आउने जानकारीपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु समेत बालकोट निवास पुगेका थिए ।
प्रधानमन्त्रीले उनीहरुसँग जिल्लामा कोरोना संक्रमणको अवस्था र कोरोनाविरुद्धको लडाइमा आवश्यक सहयोगको बारेमा जानकारी मागेका थिए । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र भक्तपुरका सांसद नेकपा नेता महेश बस्नेतसँग प्रचण्डसँगको पछिल्लो वार्ताबारे ठट्यौली गरेका थिए । बालुवाटारमा जेरी खाएर कुराकानी भएको भन्दै प्रधानमन्त्रीले भने ‘जेरी मीठो थियो, कुराकानी त उस्तै हो, भोलि फेरि हुन्छ ।’
बास्कोटाले नेकपा विवाद जेरी जस्तै जेलिएको प्रसंग निकाल्दै भने, ‘आज जेरी खानुभएछ,अब भोलि तितेकरेली खुवाउनु । तिते करेलीले लठ्ठै बनाएपछि पार्टीको विवाद मिल्छ कि ।’
प्रधानमन्त्री यसअघि माघमा बसन्त पञ्चमीको दिन निजी निवास बालकोट गएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












