बालकोटको घर पुगेर प्रधानमन्त्रीले भने : पाँच बर्षे कार्यकाल पुरा गरेर मात्रै फर्किन्छु
गोकुलको सुझाव–जेरी मिठो भएछ,भोलि तितेकरेला खुवाउनुस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेर आफू पाँच बर्षे कार्यकाल पुरा गरेर स्थायी बसोबासका लागि फर्किने बताएका छन् ।
प्रचण्डसँगको वार्तापछि सिधै बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ‘अब कहिले आउने हो तपाई यहाँ बस्ने गरी’ भनेर सोधेका थिए । जवाफमा ओलीले भने–अब अढाइ वर्षपछि ।
प्रधानमन्त्री ओलीले अढाइ वर्ष कार्यकाल पूरा गरिसकेका छन् । साढे दुई वर्षको बीचमा तेस्रो पटक बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओलीले भक्तपुरका बासिन्दा,जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल गरे ।
पत्नी राधिका शाक्यसहित बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका बास्कोटाले स्वागत गरेका थिए । रक्षाबन्धनका लागि बनेपामा रहेका बास्कोटा प्रधानमन्त्री आउने जानकारी पाएपछि हतार हतार फर्किएका थिए ।
प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको बास्कोटाले बताए । प्रधानमन्त्री आउने जानकारीपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु समेत बालकोट निवास पुगेका थिए ।
प्रधानमन्त्रीले उनीहरुसँग जिल्लामा कोरोना संक्रमणको अवस्था र कोरोनाविरुद्धको लडाइमा आवश्यक सहयोगको बारेमा जानकारी मागेका थिए । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र भक्तपुरका सांसद नेकपा नेता महेश बस्नेतसँग प्रचण्डसँगको पछिल्लो वार्ताबारे ठट्यौली गरेका थिए । बालुवाटारमा जेरी खाएर कुराकानी भएको भन्दै प्रधानमन्त्रीले भने ‘जेरी मीठो थियो, कुराकानी त उस्तै हो, भोलि फेरि हुन्छ ।’
बास्कोटाले नेकपा विवाद जेरी जस्तै जेलिएको प्रसंग निकाल्दै भने, ‘आज जेरी खानुभएछ,अब भोलि तितेकरेली खुवाउनु । तिते करेलीले लठ्ठै बनाएपछि पार्टीको विवाद मिल्छ कि ।’
प्रधानमन्त्री यसअघि माघमा बसन्त पञ्चमीको दिन निजी निवास बालकोट गएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












