पार्टी विभाजन गर्ने चार भाइको रिहर्सल : प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा
काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका हुन्।
चार नेतालाई ग्याङ अफ फोरको संज्ञा दिँदै थापले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको उल्लेख गरे। अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाको आरोप छ। १० वर्ष अघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्दै थापाले अहिले धोबीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गरेका छन्।
पार्टीका चार शीर्ष नेताको हिजोको केही पत्रकारमाझ बोलेका विषयलाई लिएर थापाले यस्तो जनाएका हुन्। नेकपाकै केन्द्रीय सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले पनि पार्टी पत्रकारको गुट भेलामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
पत्रकारहरुमाझ नेताहरुले बेलेको कुरा सुरुदेखि अन्तिमसम्म जस्ताको तस्तै सुनेको भन्दै श्रेष्ठले भनेका छन्, ‘राजनेता ओलीलाई यति धेरै गाली त पञ्चायती शासकले पनि गरेका थिएनन्, भारतीय मिडियाले पनि गरेका थिएनन्। बेकारमा सुनेछु। कमरेडहरुको राष्ट्रियता र शब्द छनौट देखेर आफैंलाई लज्जाबोध भयो।’
शीर्ष नेताहरुबीच पटक पटक छलफल भएपनि दुवै पक्ष अडानबाट पछि नहट्दा नेकपाको विवाद झन् बल्झिँदै गएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












