पार्टी विभाजन गर्ने चार भाइको रिहर्सल : प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा
काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका हुन्।
चार नेतालाई ग्याङ अफ फोरको संज्ञा दिँदै थापले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको उल्लेख गरे। अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाको आरोप छ। १० वर्ष अघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्दै थापाले अहिले धोबीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गरेका छन्।
पार्टीका चार शीर्ष नेताको हिजोको केही पत्रकारमाझ बोलेका विषयलाई लिएर थापाले यस्तो जनाएका हुन्। नेकपाकै केन्द्रीय सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले पनि पार्टी पत्रकारको गुट भेलामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
पत्रकारहरुमाझ नेताहरुले बेलेको कुरा सुरुदेखि अन्तिमसम्म जस्ताको तस्तै सुनेको भन्दै श्रेष्ठले भनेका छन्, ‘राजनेता ओलीलाई यति धेरै गाली त पञ्चायती शासकले पनि गरेका थिएनन्, भारतीय मिडियाले पनि गरेका थिएनन्। बेकारमा सुनेछु। कमरेडहरुको राष्ट्रियता र शब्द छनौट देखेर आफैंलाई लज्जाबोध भयो।’
शीर्ष नेताहरुबीच पटक पटक छलफल भएपनि दुवै पक्ष अडानबाट पछि नहट्दा नेकपाको विवाद झन् बल्झिँदै गएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












