ओली-प्रचण्ड संवाद अनिश्चित, नेम्वाङ पुगे प्रचण्डलाई भेट्न खुमलटार
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान ९ बजे प्रचण्डलाई भेट्न उपनेता नेम्वाङ प्रचण्डनिवास खुमालटार पुगेका थिए।
दुवै नेताबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी भएको खुमलटार स्रोतले बतायो। ‘अध्यक्ष प्रचण्डलाई भेट्न, उपनेता नेम्वाङ आउनुभएको थियो, उहाँहरुबीच पार्टीभित्र देखिएको विवाद समधानका विषयमा छलफल भएको छ’, स्रोतले भन्यो।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीचको संवाद नै अनिश्चित बनेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता नेम्वाङले प्रचण्डलाई भेट्नुलाई चासोका साथ हेरिएको छ।
अध्यक्ष प्रचण्ड–नेपाल समूहले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्दतिको भएको प्रस्ट पारेका थिए।
प्रचण्ड–नेपाल समूहको कार्यक्रमपछि ओली–प्रचण्डबीच बुधबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको बैठक बुधबार स्थगित भए पनि बिहीबार बिहान बस्ने बताएका थिए। तर, बिहीबार मध्यान्हसम्म ओली–प्रचण्डबीच छलफल हुन सकेको छैन।
असार १० गते बसेको नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार र पार्टीको कामकारबाही सन्तोष जनक नभएको भन्दै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको थियो। विवाद समधानका लागि भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्कन सकेको छैन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












