खुमलटार पुगेका नेम्वाङलाई प्रचण्डले भनेः ‘ओलीलाई पार्टी एकता विरोधी गतिविधि रोक्न सुझाव दिनुस्’
काठमाडौं । नेकपाका संसदीय दलका उप–नेता सुवास नेम्वाङले खुमलटारमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेका छन् ।
पार्टी भित्रको आन्तरिक बिवादलाई अन्त्य गर्ने प्रयासस्वरुप नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । दुई अध्यक्षबीचको संवादहीनता बढ्दै गएपछि दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा प्रचण्डले पार्टी एकता विरोधी काम रोक्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक असार १८ गतेपछि बस्न सकेको छैन।
साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष प्रचण्डले बहुमत २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेका थिए। सोही दिनदेखि स्थगित बैठक अझै बस्नेरनबस्ने तय हुन सकेको छैन। प्रचण्ड पक्षका बहुमत सदस्य बैठक राखेर समाधान गर्नुपर्ने माग गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन्। पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन। यसअघि मंगलबार भएको छलफलका क्रममा लगानी बोर्डको सिइओमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए ।
त्यस्तै छलफलमा प्रचण्ड र खनालले स्थायी कमिटी बैठक बोलाउन जोड दिएका थिए भने ओलीले पहिला सचिवालय बैठक राखेर मात्र स्थायी कमिटी बस्नुपर्ने बताएका थिए । प्रचण्डपक्ष नेताहरु ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली भने अहिले नै दुवै पद नत्याग्ने पक्षमा छन् ।
साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मा दिएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












