श्रीलंकाली समकक्षी राजापाक्षेलाई फोन गरेर दिए ओलीले बधाई
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेलाई फोन गरेर बधाई दिएका छन्।
बुधबार भएको श्रीलंकाको संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ मत पाएकोमा प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो राजापाक्षेलाई फोन गरी बधाई दिएका हुन्।
‘प्रधानमन्त्री ओलीले आफ्नो, नेपाल सरकार, नेपाली जनता र नेकपाको तर्फबाट भारी बहुमतसहितको जितका लागि बधाई दिनुभयो,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ,‘उहाँको सफल कार्यकालको शुभकामना पनि दिनुभयो।’
टेलिफोन कुराकानीका बीचमा दुई प्रधानमन्त्रीले दुई देशबीचको सुमधुर सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुर्याउने कुरा दोहोर्याएका थिए।
‘दुई नेताबीच कोरोनाभाइरसविरूद्धको लडाइँका अनुभव पनि साटासाट भयो,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,‘उहाँहरूले अवस्था सामान्य भएपछि उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने इच्छा व्यक्त गर्नुभयो।’
श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।
कुराकानीपछि ट्वीट गर्दै उनले भनेका छन्- तपाईंको फोन, शुभकामना र नेपाल भ्रमणको निम्तोका लागि धन्यवाद। श्रीलंका तपाईंको देशसँगको मित्रवत् सम्बन्धलाई सधैँ महत्वपूर्ण ठान्दछ र परेको बेला नेपाली जनताको पक्षमा उभिएको छ। हाम्रो सहयोगलाई अझै मजबुद् बनाउन म आतुर छु।
टापु राष्ट्र श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।
त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्।
कोरोनाभाइरसको महामारीबीच आम निर्वाचन गर्ने श्रीलंका पहिलो दक्षिण एसियाली मुलुक हो। बुधबारको मतदानमा ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ।
राजापाक्षेको पार्टीले अत्याधिक बहुमतले चुनाव जित्ने देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारै समकक्षी महिन्दा राजापाक्षेलाई टेलिफोन गरी बधाई दिएका थिए।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए। राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए।
संसदमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु छ महिनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए। कोरोनाभाइरसका कारण चुनाव दुई पटक सरेको थियो।
श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ। सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए। पछि पार्टीभित्रैबाट भ्रष्टाचार र नातावादको चर्को विरोधपछि उनी सत्ताबाट बाहिरएका थिए।
राजापाक्षेहरूको पार्टी सिंहाली समुदायमा लोकप्रिय छ। सन् २००९ मा तमिल विद्रोह अन्त्य गर्न मुख्य भूमिका खेलेको जस राजापाक्षे दाजुभाइलाई छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












