पार्टी एकताको पक्षमा नेकपाका सांसदले गरे हस्ताक्षर, दिउँसो पेरिसडाँडामा पत्रकार सम्मेलन
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ५० बढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन्।
पार्टीका दुबै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले शीर्ष नेतालाई दबाब दिन आइतबार दिउँसो हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागेको सांसद यज्ञराक सुनुवारले न्युज-नेपाललाई जानकारी दिए।
नेता नेपालनिकट सांसद यज्ञराज सुनुवारका अनुसार पूर्वमाओवादीको संसदीय दलको कार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरेर हस्ताक्षर र धारणा सार्वजनिक गर्न लागिएको हो।
‘अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु हुन्न बरू एकतालाई मजबुद् बनाउनु पर्छ भन्ने दबाब दिन हामीले हस्ताक्षर गरेका हौं,’ सांसद सुनुवारले भने।
आफूहरू पार्टीभित्रको यो विवादमा कुनै समूहतीर नरहेको र पार्टी एकताको पक्षमा रहेको जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको सांसद भट्टराईको भनाइ छ।
‘यो बेलामा पार्टी फुट्नु हुँदैन, हामी कुनै पनि खाले विभाजनको पक्षमा छैनौं’, उनले भने, ‘पार्टी एकताका लागि अब शीर्ष नेताको घरदैलोमा गएर दबाब दिनसमेत हामी पछि पर्दैनौं।’
हस्ताक्षर गर्नेहरूमा विशाल भट्टराई, यज्ञराज सुनुवार, गणेश ठगुन्ना, तेज बहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, गणेश पहाडी, सुरेशकुमार राई लगायत छन्।
पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड र नेपाल समूहबीच विवाद चुलिँदै गएको छ।
विवाद चुलिँदै जाँदा दुई वर्ष अघि एक भएको पार्टी विभाजन त हुने होइन भन्ने चिन्ता आमकार्यकर्तामा छ
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












