कोरोना नियन्त्रणमा सरकार असफल भयो, आफूलाई सुरक्षित राखौं: नेपाली कांग्रेस
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ ।
सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्यो ।’
कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताए ।
सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए ।
स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ । यद्यपि यो सरकार नै इमान्दार छैन । त्यसैले धेरै आश गर्ने ठाउँ छैन । तर यो सरकार रहुन्जेल यही सरकारलाई साधन स्रोत दुरुपयोग नगर भन्नुपर्छ ।’
अघि भने, सरकारले गर्ला र सुरक्षित होऔंला भन्ने नठानौं । आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुप¥यो । आफ्ना साथीभाइ, घरगाउँलाई सुरक्षित रहन भनौं ।’
उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...












