ओली र प्रचण्डको बालुवाटार छलफल सकियो
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीच बालुवाटार छलफल सकिएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार करिब चार घण्टा लामो छलफल भएको हो ।
प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि अर्का अध्यक्ष प्रचण्ड बिहान ११ बजे बालुवाटार पुगेका थिए । छलफल सकिएपछि प्रचण्ड पानै तीन बजे बालुवाटारबाट बाहिरिएका हुन् । यो भेटवार्ता ९ दिनपछि भएको हो । बालुवाटारमा अध्यक्षद्वयबीच मात्र छलफल भएको स्रोतको दाबी छ । भोलि फेरि छलफलमा बस्ने गरी आजको वार्ता सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार आजको छलफल पार्टी भित्रको समस्या समाधान उन्मुख भएको छ । ‘समस्या समाधान उन्मुख कोणबाट छलफल सुरु भएको छ’, प्रचण्डका प्रेस संयोजक सापकोटाले भने’, ‘भोलि फेरि बस्नेगरी आजको छलफल सकिएको हो ।’
प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार प्रशारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए। प्रधानमन्त्रीले सार्वजनिक गरेको त्यही प्रतिज्ञाअनुसार संकट समाधानका लागि निर्णायक पहल सुरु भएको हो। बिहान आन्तरिक परामर्शमा व्यस्त भएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












