प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ। भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ११ मिनेट फोनवार्ता गरेका परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
उनीहरूबीच कोरोना रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदान भएको छ। कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा ओली र मोदीबीच कुराकानी भएको परराष्ट्रले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिए। मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्यकाबारे मोदीले चासो देखाएका थिए। सम्वादलाई निरन्तरता दिने विषयमा समेत उनीहरूबीच समझदारी भएको छ। कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्यालाई समेत मिलाएर अघि बढ्नुपर्ने संकेत गरेका थिए। यसअघि प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए। दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। भारतले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा जोड्ने सडक बनाएपछि प्रधानमन्त्री तहको सम्वाद भएको थिएन। नेपालले कूटनीतिक नोटमार्फत् आपत्ति जनाएपनि भारतले यसको जवाफ दिएन।
पछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत मिचिएको आफ्नो भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो।
Comments
अरु समाचार
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...












