विद्युत प्राधिकरण गर्व गर्न लायक संस्था बन्यो : मन्त्री पुन
काठमाडौैं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरण गर्ब गर्न लायक संस्था भएको दावी गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको स्थापनाको ३५औं वर्ष पुरा भएको अवसरमा सोमबार शुभ–कामना सन्देश जारी गर्दै मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरेका छन्।
‘विद्युत महसुल दरमा वृद्धि नगरीकनै चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ’, शुभकामना सन्देशमा भनिएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।
प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको, घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनटिभन्दा कम विद्युत खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले बताए। सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको योजना तथा नीतिहरूलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्याएको उल्लेख गरेका छन्।
स्वदेशमै विद्युत उत्पादन वृद्धि गर्ने उद्देश्यले प्राधिकरणले नीजिसहित विभिन्न प्रवर्धकहरुसँग करिब ६ हजार मेगावाटको विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरेको र प्रसारण तथा वितरण संरचनाहरुको सुधारमा समेत दत्तचित्त भई कार्य गरिरहेको मन्त्री पुनको भनाइ छ।
उनले ५ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केबर सवस्टेशनको ४ सय केभीमा स्तरोन्नति कार्य ऊर्जा क्षेत्रको प्रमुख कोसेढुङ्गाका रुपमा रहने भन्दै त्यसबाट नेपालको ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत व्यापारमा बढावा मिल्ने विश्वास व्यक्त गरे।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












