घाटामा रहेको प्राधिकरण पूर्वाधारमा लगानी गर्न सक्ने संस्थान बन्याे : कुलमान
काठमाडाैँ । घाटामा रहेको प्राधिकरण अहिले नाफामा मात्रै होइन पूर्वाधारमा समेत लगानी गर्न सक्ने भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।
प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले आर्थिक वर्ष २०७६।७७ मा ११ अर्ब रुपैयाँ खुद नाफा गरेर विद्युतको पूर्वाधारमा लगानी गर्न सक्ने भएको बताए।
उनका अनुसार आर्थिक वर्ष २०७२।७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण हाल ५ अर्ब संचित नाफा कमाउन सफल भएको छ। त्यस्तै विद्युत चुहावट पनि १० प्रतिशत हाराहारीले घटेको उनले बताए। आर्थिक वर्ष २०७२।७३मा २५ दशमलव ७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६।७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको बताए। यसले प्राधिकणको वित्तिय सुधारमा सहयोग पुगेको उनले जनाकारी दिए।
विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुचनै २३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको छ।
त्यस्तै, आर्थिक वर्ष २०७२।७३ सम्ममा ६६ केभी र सो भन्दा माथिएका प्रसारण लाइन लम्बाइ २ हजार ९ सय ११ सर्किट किलोमिटर पुगेकोमा आर्थिक वर्ष २०७६।७७ सम्ममा करिव ४ हजार २ सय ७५ सर्किट किलोमिटर पुगेको छ। यो करिव ४७ प्रतिशतले बढि हो। ग्रीड सबस्टेशनहरुको क्षमता करिव २ हजार २ सय २३ एमभीए थिया भने अहिले यो क्षमता ४ हजार १ सय ६१ एमभीए रहेको उनले जानकारी दिए।
अन्तरदेशीय प्रसारण आर्थिक वर्ष २०७२।७३ सम्ममा नेपाल भारतबीच करिव ३ सय ५० मेगावाट विद्युत प्रवाह हुन सक्क्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई १५०० मेगावाट पुगेको छ। बुटलव गोरखपुर, मौनहिया सम्पतिया, इनरुवा पूर्णिया, लम्की बरेली, कोहलपुर उत्तरप्रदेश निर्माण विभिन्न चरणमा छन्।
नेपाल र चीनबीच पनि रातमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भइ नेपालतिरको लाइनको संभाव्यता अध्ययन पुरा भएको उनले जानकारी दिए।
संस्थागत सुशासनको कुरा गर्दा सूचना विधी मार्गचित्रलाई प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याई डिजिटल एनईए अवधारणअनुरुप प्राधिकरणको हरेक कार्यक्रमलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने उनले बताए। प्राधिकरण समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनःसंरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामुलक बनाएको उनले दावी गरे।
यस्तै, कोरोनाको अवस्थामा समेत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर काम गराइएको उनले जानाकारी दिए। कर्मचारीको आलोपालो प्रणालीमा काम गर्ने वातावरण मिलाइएको र सबै कर्मचारीको कोरोना बीमासमेत गरेको उनले जानकारी दिए।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












