स्वास्थ्य मन्त्रालयको ब्रिफिङः काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुग्यो
काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ। साउन ७ मा लकडाउन खुलेयता काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रमुख शहरहरुमा कोरोना संक्रमण समुदायमा प्रवेश गरिसकेको छ।
एक महिनायता लक्षणसहितका संक्रमित बढ्दै गएका छन्। यस्तोमा संक्रमितहरुमा अनेक खालका जटिलता पनि थपिइरहेको छ। त्यहीकारण मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ। यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुगेको ब्रिफिङ गरेको छ।
कोरोना संक्रमण दर बढ्दै गएपछि बुधबार बेलुकी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्रालयका अधिकारीले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण पसिसकेको हुनाले कोभिडको संक्रमणले भयावहको अवस्था ल्याउन लागेको भन्दै उनीहरुले तत्काल थप कडा कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था र भावी दिनमा सरकारले चाल्नुपर्ने कदमबारे सुझाव मागेका थिए । स्वास्थ्यका अधिकारीहरुले काठमाडौं लगायत कतिपय जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले खतराको संकेत गरेको बताएका छन्। उनीहरुले अब गम्भीर रुपमा लिई कदम चल्न सुझाव दिएको बताएका छन्। मन्त्रालय एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय जुन तरिकाले संक्रमण फैलिएको छ। यसले खतराको संकेत गरेकाले हामीले त्यही अनुसार कदम चाल्नु पर्ने सुझाव दिएका हौँ।’ देशभर कोरोनाबाट देशमा मृत्यु हुने र संक्रमणको दर हेर्दा १८ दिनमा दोब्बर भइसकेको छ ।
यता काठमाडौँमा संक्रमण दर आठ दिनमै दोब्बर भइसकेको छ। यो अझै बढ्दो क्रममा छ। काठमाडौँको अव्यवस्थित बसोबास र यहाँको ठूलो जन घनत्वका कारण संक्रमण फैलने उच्च जोखिम भएकोले भयावह स्थिति हुन सक्ने मन्त्रालय ठहर रहेको छ। देशका अन्य स्थानमा कोरोनाबाट देशमा मृत्यु हुने दर शून्य दशमलव ४ छ। तर काठमाडौंमा मृत्युदर शून्य दशमलव ६ पुगिसकेको छ।
केही समय अघिसम्म देशभरका ६० वर्षमाथिका १ प्रतिशत नागरिक यसको संक्रमणमा परेका थिए। तर अहिले ६० बर्ष माथिका ३ प्रतिशत मानिसहरु यसको संक्रमणमा परिसकेका छन्। बैठकमा काठमाडौँ उपत्यकामा कन्ट्याक्ट ट्रेसिङलाई चुस्त बनाउनुपर्नेमा जोड दिइएको थियो। त्यस्तै आइसोलेसन थप गर्नुपर्ने सुझाव दिएको बताइएको छ। बैठकमा स्वास्थ्य मन्त्रालयको तर्फबाट मन्त्री भानुभक्त ढकाल, प्रमुख विशेषज्ञद्वय डा. रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठसहितको टोली सहभागी थियो।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











