स्वास्थ्य मन्त्रालयको ब्रिफिङः काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुग्यो
काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ। साउन ७ मा लकडाउन खुलेयता काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रमुख शहरहरुमा कोरोना संक्रमण समुदायमा प्रवेश गरिसकेको छ।
एक महिनायता लक्षणसहितका संक्रमित बढ्दै गएका छन्। यस्तोमा संक्रमितहरुमा अनेक खालका जटिलता पनि थपिइरहेको छ। त्यहीकारण मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ। यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा कोरोना संक्रमणको अवस्था खतराको बिन्दुमा पुगेको ब्रिफिङ गरेको छ।
कोरोना संक्रमण दर बढ्दै गएपछि बुधबार बेलुकी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा मन्त्रालयका अधिकारीले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण पसिसकेको हुनाले कोभिडको संक्रमणले भयावहको अवस्था ल्याउन लागेको भन्दै उनीहरुले तत्काल थप कडा कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्था र भावी दिनमा सरकारले चाल्नुपर्ने कदमबारे सुझाव मागेका थिए । स्वास्थ्यका अधिकारीहरुले काठमाडौं लगायत कतिपय जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले खतराको संकेत गरेको बताएका छन्। उनीहरुले अब गम्भीर रुपमा लिई कदम चल्न सुझाव दिएको बताएका छन्। मन्त्रालय एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय जुन तरिकाले संक्रमण फैलिएको छ। यसले खतराको संकेत गरेकाले हामीले त्यही अनुसार कदम चाल्नु पर्ने सुझाव दिएका हौँ।’ देशभर कोरोनाबाट देशमा मृत्यु हुने र संक्रमणको दर हेर्दा १८ दिनमा दोब्बर भइसकेको छ ।
यता काठमाडौँमा संक्रमण दर आठ दिनमै दोब्बर भइसकेको छ। यो अझै बढ्दो क्रममा छ। काठमाडौँको अव्यवस्थित बसोबास र यहाँको ठूलो जन घनत्वका कारण संक्रमण फैलने उच्च जोखिम भएकोले भयावह स्थिति हुन सक्ने मन्त्रालय ठहर रहेको छ। देशका अन्य स्थानमा कोरोनाबाट देशमा मृत्यु हुने दर शून्य दशमलव ४ छ। तर काठमाडौंमा मृत्युदर शून्य दशमलव ६ पुगिसकेको छ।
केही समय अघिसम्म देशभरका ६० वर्षमाथिका १ प्रतिशत नागरिक यसको संक्रमणमा परेका थिए। तर अहिले ६० बर्ष माथिका ३ प्रतिशत मानिसहरु यसको संक्रमणमा परिसकेका छन्। बैठकमा काठमाडौँ उपत्यकामा कन्ट्याक्ट ट्रेसिङलाई चुस्त बनाउनुपर्नेमा जोड दिइएको थियो। त्यस्तै आइसोलेसन थप गर्नुपर्ने सुझाव दिएको बताइएको छ। बैठकमा स्वास्थ्य मन्त्रालयको तर्फबाट मन्त्री भानुभक्त ढकाल, प्रमुख विशेषज्ञद्वय डा. रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठसहितको टोली सहभागी थियो।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












