कोरोना परीक्षणमा मात्रै सरकारले सक्याे ३ अर्ब १८ करोड
काठमाडौं । गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको छ। कोभिड-१९ (कोरोना) जाँचमा मात्रै यति धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्। गौतमका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ ल्याब टेस्टमा मात्रै खर्च भएको हो। ‘ल्याब टेस्टमा मात्रै ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ सरकारले खर्च गरिसकेको छ’, गौतमले भने, ‘यो खर्च भनेको हालसम्म भेटिएका ३० हजार ४८३ जना पोजेटिभ पत्ता लगाउन भएको हो।’
उनले अहिलेसम्म सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति एक लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको पनि जानकारी दिएका छन्। ‘एक जना कोरोना पोजेटिभ पत्ता लगाउन राज्यको एक लाख ४ हजार रुपैयाँ खर्च हुन्छ’, उनले भने, ‘एकजना व्यक्तिलाई आइसियुमा राख्दा ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नुपर्ने हुन्छ।’ गौतमले कोरोना भइसकेपछि त्यसको उपचार एकदमै महँगो रहेको पनि जानकारी दिए।
‘कोरोना उपचार र जाँच बहुतै खर्चिलो छ। जरुरी काम नपरी घरबाट ननिस्किनुस्’, उनले भने, ‘अत्यावश्यक काम र सामान किन्न बाहिर निस्किँदा २ मिटर दूरी कायम गर्नुहोला, अनिवार्य मास्क लगाउनुहोला।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












