कोरोना रोकथाम र उपचारमा झन्डै १२ अर्ब खर्च [विस्तृत विवरण]
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री खतिवडाका अनुसार गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको खर्च गरेको जानकारी दिए ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताए । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उनले बताए ।
त्यस्तै, प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको मन्त्री खतिवडाले जानकारी दिए । प्रदेशहरूले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । जसअनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा खर्च भएको उनले बताए ।
स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको पनि मन्त्री खतिवडाले जानकारी दिए । त्यसरी खर्च भएको सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको उनको भनाइ थियो ।
खर्चको पूर्ण विवरणः
Comments
अरु समाचार
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बचत रकम फिर्ता गर्न छ हजारभन्दा बढी बचतकर्ताको उजुरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपियाँ बचत रकम फिर्ता गरीदिनका लागि...
-
३५ दिने अल्टिमेटम सकिँदापनि त्रिविको जग्गा भएन फिर्ता, अटेरीलाई बल प्रयोग गरेर हटाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न दिएको समयसीमा सकिँदासमेत अटेर गरी बसेका संघसंस्था तथा...
-
ओलीले किन गरे एमाले नेतृत्व नछाड्ने घोषणा ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्...
-
नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि, भारतीयको सङ्ख्या उच्च
काठमाडौँ । सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका...












