ओली-प्रचण्डबीच भेटवार्ता, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ ।
महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता हुन लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।
पौडेल संयोजकत्वको कार्यदलले नेपाल-भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा सीमा समस्या समाधानका लागि विभिन्न सुझाव दिइएको छ ।अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन्। नेपाल बार एशोसिएसन...
-
भ्रष्टाचार निवारण ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । ट्रासपरेन्सी इन्टरनेशन (टीआई) नेपालले आज...
-
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन्...
-
विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै...
-
संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।...
-
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार...
-
सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी...
-
नेपाल र भारतबिच संयुक्त सैन्य अभ्यास मङ्गलबारदेखि
काठमडौं । द्विपक्षीय सम्बन्ध विस्तार तथा साझा सुरक्षा उद्देश्य प्राप्ति गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य...
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...