कार्यदलको प्रतिवेदनप्रति नेपाल समूह असन्तुष्टः ‘ओलीलाई रिझाउन ‘एक व्यक्ति, एक पद’को कुरा हरायो’
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आन्तरिक विवाद मिलाउन बनाएको कार्यदलको प्रतिवेदनप्रति नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।
‘एक व्यक्ति, एक पद’ को मुख्य सर्त नै छाडेर प्रतिवेदन बुझाएको भन्दै नेपाल समूहले आपत्ति जनाएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने नेपाल समूहको लाइनविरुद्ध कार्यदलले प्रतिवेदन तय गरी बुझाएको छ ।
‘दुई अध्यक्षलाई रिझाउन मात्रै प्रतिवदेन बनाएजस्तो देखियो,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘प्रतिवेदनप्रति हाम्रो असहमति छ ।’
कार्यदलले शनिबार १७ पृष्ठको १७ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । प्रतिवेदन बनाउन दुई अध्यक्षले ३० साउनमा ६ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाल समूहबाट स्थायी कमिटी सदस्यद्वय भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए ।
नेपाल समूहले ५ असोज २०७५ सालमा ७ वटै प्रदेशका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोक्दादेखि नै ‘एक व्यक्ति एक पद’को कुरा उठाउँदै आएको थियो ।
१० असारदेखि भएका स्थायी कमिटी बैठकमा ‘एक व्यक्ति, एक पद’ हुनुपर्ने भन्दै अधिकांश सदस्यले प्रधानमन्त्रीको राजनीमा मागेका थिए । तर, कार्यदलले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाइराख्ने गरी बुझाएको छ ।
नेपाल समूहबाट कार्यदलमा सहभागी सदस्य सुरेन्द्र पाण्डे भन्छन्, ‘एक व्यक्ति, एक पदका बारेमा निकै ठूलो छलफल भयो । तर, तत्कालका लागि हामीले दिएको विकल्प नै ठीक लाग्यो ।’
के छ प्रतिवेदनमा ?
प्रतिवेदनको ४ नम्बर बुँदामा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने भनिएको छ । उपबुँदा १ मा भनिएको छ, ‘सही र समयोचित सिद्धान्त, विचार र नीतिको मार्गदर्शनमा अघि बढेको र अतुलनीय त्याग एवं बलिदानको जगमा निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति र सामर्थ्यलाई ठीक ढंगले बुझ्न नसक्दा समस्या उत्पन्न भएको छ । विगतमा विभिन्न सन्दर्भमा नेतृत्व तहबाट गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरु हुन पुगे ।
अब सम्बन्धित सबैले आ–आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरीहरु दोहोरिन नदिने प्रतिज्ञा गर्नुपर्छ । अतीतमुखी होइन, भविष्यमुखी भएर वर्तमानका चुनौतीलाई बेवास्ता गरेर होइन, तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्वल भविष्य सुनिश्चित गर्न संकल्पबद्ध हुनपर्दछ । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश स्थानीय तहमा नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदृढ एकता देश र जनताको हित र सवलिकरणका लागि अत्यावश्य रहेको छ भन्ने सत्यबोध गर्नुपर्छ । जनता र राष्ट्रको हितमा समर्पित, निःस्वार्थ एवं सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढ निश्चयका साथ उभिनुपर्दछ ।’
त्यस्तै, उपबुँदा ३ मा भनिएको छ, ‘तसर्थ विगतका अन्तरविरोध एवम् अनुभवहरुबाट शिक्षा लिँदै पार्टी एकताको मर्म र भावना, दुई पार्टीबीच एकता गर्दाका सहमतिहरु र संस्थागत रु.रूपमा तय गरिएका विचार, नीति, विधि र पद्धति अनुशरण एवं कार्यान्वयन गर्नुपर्दछ । कार्यान्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत समस्त पार्टी पंक्तिलाई विधि, पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्नुपर्दछ । कम्युनिस्ट पार्टीको जीवन, विचार र विधिमा आधारित हुन्छ र सिर्जित समस्याको समाधान पनि संस्थागत प्रणालीअन्तर्गत खोज्नुपर्दछ भन्ने मान्यतालाई पालना गर्नुपर्छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












