कुखुराहरुको कल्याणमा अण्डा सप्लायर्सको चासो
काठमाडौं । उपभोक्ताहरुले केज प्रणाली र सोत्तर प्रणालीबाट उत्पादित अण्डाको महत्व बुझ्न नसकेको काठमाडौं उपत्यकामा रहेका थोक अण्डा बिक्रेताहरुले बताएका छन् ।
अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान अन्तरगत गरिएको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् । राजधानी काठमाडौंमा एक दर्जन बढी थोक अण्डा बिक्रेता बर्षौदेखि यो व्यवसायमा आबद्ध छन् । फुलचोकी अण्डा सप्लायर्सका प्रोपाइटर प्रबिण केसीले पशुपन्छी कल्याणका दृष्टिले सोत्तर प्रणालीमा पालिएका कुखुराहरुको व्यवसाय उपयुक्त हुने आफ्नो बुझाई रहेको बताए ।
नेपाल अण्डा उत्पादक संघका महासचिव समेत रहेका उनले काभ्रेमा सोत्तर प्रणाली अपनाई १५ हजार अण्डा उत्पादन गर्ने कुखुरा पालन गरेको बताए । उनले भने, “अन्तराष्ट्रिय जगतमा केज प्रणालीमा कुखुरापालन गर्ने परिपाटी हटाउदै लगिएको र नेपालमा पनि क्रमश यसको प्रभाव बढ्दै जानुपर्छ ।” अण्डा उत्पादन गर्ने कुखुराको कल्याणबारे जनचेतना अभावका कारण उपभोक्ताहरुले केज प्रणालीबाट उत्पादित अण्डा महगोमा खरीद गर्ने गरेको केसीको भनाइ छ । त्यसैगरी ढल्कुस्थित बाराही अण्डा सप्लायर्सका सञ्चालक अनिल कर्माचार्यले ग्राहकको माग अनुसार केज प्रणाली र सोत्तर प्रणालीबाट उत्पादित अण्डा अलग अलग रुपमा बिक्री गर्दै आएको बताए ।
पशु सेवा विभागबाट जारी खाने अण्डा पैठारीको लागि क्वारेन्टाइन मापदण्ड अनुसार अण्डा बिक्री गरिए पनि सबै अण्डामा उत्पादनको मिति लेखिएको नहुने उनको भनाई थियो । उपभोक्ताको माग अनुसार पिजंडामुक्त खोरमा पालिएका कुखुराको अण्डा सप्लाई गर्न आफूलाई कुनै समस्या नहुने कर्माचार्यले उल्लेख गरे ।
यता नागार्जुन नगरपालिकाबाट अण्डाको थोक सप्लाई गर्दै आइरहेको सुबिस पोल्ट्री मार्केटिङ प्रालिले भने केज प्रणालीमा पालिएका कुखुराहरुबाट उत्पादित अण्डा मात्रै बिक्री गर्दै आइरहेको छ । प्रबन्धक कपिल थापाका अनुसार बजारको माग अनुसार अण्डाको बिक्री गरिएको हो । काठमार्डौ उपत्यकामा सप्लाई हुने अण्डाको मुख्य स्रोत भण्डार चितवन हो भने नुवाकोट, नगरकोट, काभ्रेबाट सप्लायर्सको सम्पर्क अनुसार अण्डा भित्रिने गर्छ ।
ललितपुरको भैसेपाटी स्थित बगलामुखी अण्डा सप्लायर्सका प्रोपाइटर बाबुराम पाण्डेले अण्डामा निर्भर रहने नेपाल सरकारको नीति अनुसार उत्पादित अण्डा बिक्री गर्नु परेको बताउछन् । पिजडामुक्त खोरमा गरिने कुखुरापालन पशुकल्याणको मान्यतामा उन्मुख हुने र त्यहाबाट उत्पादित अण्डा पौष्ट्रिकका हिसाबले महत्वको हुने सुने पनि यसको व्यापकता बनाउन सबैको चासो हुनुपर्ने पाण्डेले सुझाब दिए ।
अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त राष्ट्रिय रुपमै विगत एक बर्षदेखि एनिमल नेपालले अभियान सञ्चालन गर्दै आईरहेको छ । अभियानकै शिलशिलामा सो संस्थाले जनचेतना फैलाउन एक स्टीकर सार्वजनिक गरिसकेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












