होम-आइसोलेशन रहेका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडाैँ । होम-आइसोलेशनमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीनै जना मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम-आइसोलेशनमा थिए।
छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो। ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन जना मन्त्री नै होम-आइसोलेशनमा बसेका थिए।
तीनै जनाको रिपोर्ट आज आइपुगेको उपप्रधानमन्त्री निकट स्रोतले बतायो।
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले आज बस्ने भनिएको बैठक समेत स्थगित भएको थियो।
नेकपा सचिवालय बैठक भदौ १८ गतेलाई सरेको छ।
यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। तीन जना मन्त्रीसँगै प्रधानसेनापति थापा पनि होम-क्वारेन्टिनमा थिए।
Comments
अरु समाचार
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...
-
नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक...
-
गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् ।...
-
Chinese Embassy in Nepal expresses serious concern over ‘fake news’
Kathmandu: The Chinese Embassy in Nepal has expressed serious concern over allegations circulating on Nepali social media and in some...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
आज पनि एमालेको सचिवालय बैठक, कस्तो होला निष्कर्ष ?
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास...
-
सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने अन्तिम तयारी...
-
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि : सुनिता डंगोल
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि...
-
रास्वपा बाराको बैठकमा तनाव, बैठक स्थलबाटै लखेटिए केही सांसदहरु
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा केही प्रतिनिधिसभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन्...












