बामदेवको राष्ट्रियसभामा जाने अडानले ओली फेरी अफ्ठारोमा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र रिक्त राष्ट्रियसभा सदस्यमा मनोनयनको विषयबारे महिनौ पुरानो विवाद फेरि चर्किने भएको छ।
फागुन २० गते राष्ट्रिय सभामा डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको सिटमा पुनः उनैलाई नियुक्त गरी अर्थमन्त्रीमा पनि निरन्तरता दिने चर्चा चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतमले सो सिटमा आफूलाई मनोनयन गर्नुपर्ने दाबी गरेका छन्।
गौतमले पार्टीले फागुनको दोस्रो साता गरेको निर्णयअनुसार नै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि केहि दिनयता सेलाएको नेकपा विवाद फेरि चर्किने संभावना देखिएकाे हाे।
पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित ६–सदस्यीय कार्यदलले प्रतिवेदन दिएसँगै नेताहरुबीचको कलह केहि सेलाएको अनुमान भइरहेका बेला गौतमको दाबीका कारण पार्टीभित्रको घट्नाक्रम नयाँ ढंगबाट विकसित हुने भएको छ।
‘गौतमको यो दावीपछि प्रधानमन्त्रीलाई अब नैतिक दबाब पर्नेछ। पार्टीको निर्णय मान्ने की नमान्ने उहाँले एउटा बाटो रोज्नुपर्नेछ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘भर्खरै कार्यदलले दिएको प्रतिवेदनमा पनि महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णय सचिवालयमा छलफल गरी सोहिअनुसार सरकारले कार्यान्वयन गर्ने भनिएको छ।’
प्रधानमन्त्रीले कार्यदलको प्रस्तावअनुसार सरकार सञ्चालन गर्दा पार्टीसँगको समन्वयमा गर्छन कि गर्दैनन् भन्ने पनि यहि विषयमा परीक्षण हुने ती नेताको दाबी छ।
फागुन १४ गते बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनयन हुने रिक्त एक स्थानमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो।
तर सचिवालयको सो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन भने सो सिटमा कसैलाई मनोनयन पनि गरिएको छैन।
फागुन २० गते खतिवडाको दुई वर्षे कार्यकाल सकिनु एक दिनअघि प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका थिए। अस्पतालमै रहेका ओलीले फागुन २१ गते खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका थिए।
सांसद नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्नसक्ने व्यवस्थाअनुसार अर्थमन्त्री खतिवडाको थपिएको कार्यकाल शनिबार सकिदैछ।
राष्ट्रिय सभाको रिक्त सिटमा मनोनयन र अर्थमन्त्री चयनको विषय केहि दिनभित्रै टुंगाउनुपर्ने दबाबमा रहेका प्रधानमन्त्री ओली खतिवडाको निरन्तरता वा उनको विकल्पको खोजीबारे परामर्शमा छन्।
अर्थमन्त्रीको एक प्रबल संभावित उम्मेदवारका रुपमा उनका विश्वासपात्र मानिएका पूर्व अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेललाई हेरिएको थियाे।
तर चैतमा महाधिवेशन गर्ने गरी पार्टी राजनीति अघि बढिरहेको हुँदा नेकपाभित्र आफ्नो पक्षको पार्टी जिम्मेवारी सम्हाल्न पनि उनका लागि उत्तिकै महत्वपूर्ण रहेको छ।
त्यसैले ओलीले पछिल्लो समय पौडेलको साटो पार्टीभित्र जति आलोचना भएपनि खतिवडालाई नै निरन्तरता दिने मनस्थिति बनाएको पार्टी नेताहरुको बुझाइ छ।
एक नेताका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा केहि हेरफेर गरी अरु मन्त्रालयमा पार्टीका अन्य पक्षका नेताहरु समेट्ने र यहि मौकामा अर्थ मन्त्रालयमा भने खतिवडालाई नै निरन्तरता दिने योजनामा रहेका थिए। प्रधानमन्त्रीले आफ्नाे मन्त्रिमण्डलमा हेरफेर गर्ने संकेत दिइसकेका छन्।
तर, यहिबीच गौतमले सार्वजनिकरुपमै राष्ट्रिय सभामा आफ्नो दाबी प्रस्तुत गरेपछि प्रधानमन्त्रीको नयाँ रोडम्यापमा अड्चन आउने भएको छ।
उपाध्यक्ष गौतमका प्रेस संयोजक विष्णुमणि सुवेदीले गौतमले नयाँ विषयवस्तु उठान गरेको नभई पार्टी निर्णय कार्यान्वयन गर्ने विषय नै पुनः उठाएको बताए।
‘पार्टीले उहाँलाई राष्ट्रियसभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन हुनुपर्ने र राष्ट्रियसभामा जान आफू तयार रहेको गौतमले बताउनु भएको हो,’ सुवेदीले भने, ‘यस विषयलाई उहाँले पार्टी बैठकमा उठाउनु हुनेछ।’
यसबारे पार्टी सचिवालयमा छलफल हुँदा सो कमिटीका बहुमत सदस्य गौतमको मनोनयनको पक्षमा उभिने उनीनिकट नेताहरुको विश्वास छ।
माधवकुमार नेपाल पक्षका नेताहरुले भने उपाध्यक्ष गौतम नै अर्को बैठकसम्म आफ्नै अडानमा रहने हो कि होइन भनी आशंका व्यक्त गरे।
‘उहाँ (गौतम) नै आफ्नो दाबीमा अडिक हुनुहुन्छ कि हुनुहुन्न भन्नसक्ने अवस्था छैन। तर राष्ट्रियसभाको मनोनयनको विषयमा पहिले नै पार्टीले निर्णय गरेको हुँदा त्यसको पक्षमै नेताहरुको साथ रहनु स्वभाविक हो,’ नेपालनिकट एक नेताले भने।
विगतमा पनि पटक पटक निर्णय परिवर्तन गरेको आरोप गौतममाथि लाग्दै आएको छ।
पछिल्लो समय वामदेव गौतमलगायत केहि नेताहरुको ओलीप्रति केहि नरम अडानका कारण र कार्यदल गठनपछि पार्टी विवाद सेलाउँदै गएपछि केहि सहज परिस्थितिमा रहेका प्रधानमन्त्रीलाई वामदेव गौतमको पछिल्लो अडानले फेरि अप्ठेरोमा पार्ने भएको छ।
उनको यो अडानलाई नजरअन्दाज गरेर अघि बढ्नसक्ने अवस्थामा प्रधानमन्त्री ओली छैनन्।
कार्यदलकै प्रतिवेदनप्रति समेत असन्तुष्ट रहँदै आएको नेपाल पक्षले गौतमलाई सहजै साथ दिने नेताहरुले संकेत दिइसकेका छन्।
गौतमसँग राम्रो सम्बन्ध रहेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उनको मनोनयनको विपक्षमा उभिने संभावना छैन।
ओलीले हालै दिएको एक अन्तरवार्तामा गौतमलाई मनोनयन गर्ने च्याप्टर क्लोज भइसकेको आसय व्यक्त गरेका थिए।
सो पदमा खतिवडालाई नियुक्त गर्दै उनलाई नै अर्थमन्त्रीमा निरन्तरता दिने सजिलो उपाय रोजेका ओलीलाई गौतमको दाबीले फेरि चेपुवामा पारेकाे हाे।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












