पर्यटनमन्त्रीको ‘पर्यटन दशक २०२१-२०३०’ मनाउने प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता
काठमाडौं । भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको अर्को प्रस्ताव थियो, ‘पर्यटन दशक २०२१-२०३०’ मनाउने ।
पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको यो कार्यक्रम ती दुबै दस्तावेजमा परेको थिएनन् । अन्ततः योसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाटै फिर्ता भएको पाइएको छ ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार २ असार २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले प्रस्ताव गरेको ‘पर्यटन दशक २०२१-२०३०’लाई फिर्ता गर्ने निर्णय गरेको हो । मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थान एवम् दीगो पर्यटन कार्यक्रमका लागि पर्यटन दशकको प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो ।
‘कोरोना महामारीका बेला यस्तो अभियान घोषणा गर्दा नकारात्मक सन्देश जान सक्ने भन्दै अहिलेका लागि प्रस्ताव आएको हुन सक्छ,’ ती अधिकारीले भने ।
सरकारले वाषिर्क २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । यसको भब्य उद्घाटन भए पनि २० लाख पर्यटक भित्रने आधार भने तयार भएको थिएन ।
१६ पुसबाट शुरु भएको यो अभियान तीन महिना पनि नपुग्दै विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाले प्रभावित हुन पुग्यो । सरकारले १ वैशाख २०७७ बाट भ्रमण वर्षको सचिवालय खारेज गर्दै यो कार्यक्रम अन्त्य भएको घोषणा गर्यो ।
अर्कोतर्फ सरकारले सन् २०१८ बाटै भ्रमण वर्षको तयारी गरेपनि मूख्य पूर्वाधार तयार पार्न सकेको थिएन । सन् २०१९ मै सम्पन्न हुनुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले पनि सम्पन्न भएको छैन । सोहीकारण सन् २०२० कै अभियान सुरु गर्दा पनि सरकारको आलोचना भएको थियो ।
यद्यपी निजी क्षेत्रले समेत उत्तिकै साथ दिएका कारण सो अभियानले पर्यटकीय माहौल भने ल्याउने अपेक्षा गरिएको थियो । पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष असफल भएपनि अब पर्यटन दशकका रुपमा जाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।
१० वर्षमा पर्यटन पूर्वाधारका बाँकि काम सम्पन्न गर्दै मुलुकको अर्थतन्त्रमा योगदान गर्ने एक प्रमुख माध्यम पर्यटनलाई बनाउने उनको प्रस्ताव थियो ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












