नेकपा सचिवालय बैठकअघि ओली–प्रचण्ड छलफलमा
काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकअघि छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि ओली र प्रचण्डबीच छलफल सुरु भएको हो।
सचिवालय बैठक अहिले ३ बजेदेखी बस्दैछ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने फागुन १४ को सचिवालय निर्णय कार्यान्वयन गराउनेबारे निर्णय हुने बताइएको छ।
यस्तै पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लाई पनि संसोधन गरेर पारित गर्ने नेताहरूले बताएका छन्।
बुधबार बेलुका पनि ओली र प्रचण्डबीच दुई घन्टा छलफल भएको थियो।
राष्ट्रिय सभाको रिक्त सदस्यमा वामदेव गौतमलाई मनोनित गर्न सिफारिश गर्ने कि अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा ओली र प्रचण्डबीच छलफल गरेर सहमति कायम गरी सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी भएको हो।
बुधबार प्रचण्डसँग भेटेलगत्तै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग पनि छलफल गरेका थिए।
उनले डोल्पामा उपनिर्वाचन गरेर प्रतिनिधि सभाको सांसद बनाउने भनेपनी गौतमले त्यसलाई अस्वीकार गरेका थिए।
उनले यसअघि पार्टी सचिवालयले निर्णय गरेबमोजिम आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्नुपर्ने दाबी गर्दै आएका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












