‘ओली र युवराज गज्जवको प्रेम’ : अर्थमन्त्रीबाट ‘आउट’ तर ‘पावरफूल पोर्टफोलियोमा इन्ट्रि’ को सम्भावना
काठमाडौं । भोलि (शनिवार) मध्यरातबाट कार्यकाल सकिन लागेका अर्थमन्त्री डा युवराज खतिवडाले सम्भवत आज (शुक्रवार) राजीनामा गर्ने छन्।
छ महिनाअघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रो पटक नियुक्त भएका खतिवडाले प्रधानमन्त्री ओलीलाई बिहीवारै ‘राजीनामा दिन्छु’ भन्ने जानकारी दिएका थिए।
तर, प्रधानमन्त्री ओलीले ‘भोलिसम्म पर्खनुहोस्’ भनेपछि त्यो च्याप्टर त्यहीँ टुङ्गिएको थियो। स्रोत भन्छ, ‘सबै कुरा यथास्थितिमै रह्यो भने अर्थमन्त्री खतिवडाले आज राजीनामा दिनुहुन्छ।’
अर्थमन्त्रीको जिम्मेवारीबाट अलग भए पनि डाक्टर खतिवडा अहिलेको सरकारमा शक्तिशाली भूमिकामा रहने सन्देश प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई दिएको स्रोतको दावी छ।
खतिवडाका विषयलाई लिएर दुई दिन अघि बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डवीच बैठक भएको थियो। बैठकमा राष्ट्रिय सभामा वामदेव गौतमलाई लैजाने विषयमा प्रचण्डले अडान राखेका थिए।
राष्ट्रिय सभाको रिक्त एक ठाउँमा वामदेवलाई लैजाँदा त्यसको असर खतिवडालाई पर्ने अवस्था आएको थियो। त्यस्तो अवस्थामा खतिवडासँग अर्थमन्त्रीको जिम्मेवारी त्याग्नेबाहेक विकल्प थिएन भने प्रधानमन्त्री ओलीसँग पनि खतिवडालाई अर्थमन्त्रीमै राख्ने विकल्प बन्द भएका थिए।
बुधवार साँझ प्रचण्डसँगको त्यो बैठकमा ओलीले अहिलेका लागि नेपालमा खतिवडाबाहेक अर्थमन्त्री बन्ने ‘क्षमता’ को अर्को व्याक्ति नै नभएको टिप्पणी गरेको स्रोतको दावी छ।
‘त्यसो हुँदा खतिवडा नभए अर्थ मन्त्रालयको जिम्मेवारी मै सम्हाल्छु,’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई दिएको सन्देश यही थियो।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले खतिवडालाई मुख्य सल्लाहकारका रुपमा नियुक्त गर्न खोजेका छन्। प्रधानमन्त्रीको चाहना एक/दुई दिनमा नै खतिवडालाई आफ्नो मुख्य सल्लाहाकार नियुक्त गर्ने हो।
तत्कालका लागि त्यसमा एउटा समस्या अहिलेका मुख्य सल्लाहाकार विष्णु रिमाललाई के गर्ने भन्ने विषय आएको स्रोतको दावी छ। रिमाललाई केही कुरा (अन्य नियुक्ति लगायतका व्यवस्थापन) बाट तत्काल मनाउन सक्दा खतिवडा केही दिनभित्रै अर्थमन्त्रीभन्दा अझ बढी शक्तिशाली भएर उदाउने स्रोतको दावी छ।
‘आफूसँगै अर्थमन्त्रालय राख्ने र मुख्य सल्लाहकारका रुपमा खतिवडालाई नियुक्त गरेर प्रधानमन्त्रीले अर्थ मन्त्रालय ‘अपरेट’ गर्न खोजेको देखिन्छ,’ बालुवाटार स्रोतले भन्यो।
प्रचण्डसँगको बैठकमा प्रधानमन्त्री ओलीले ‘पार्टीले क-कसलाई मन्त्री बनाउन भन्छ, त्यो सूची मात्रै दिने हो, पोर्टफोलियो तोक्ने काम मेरो हो’ समेत भनेका थिए। गौतमले राष्ट्रिय सभा सदस्यसहित अर्थमन्त्रालयमा दावी गरे भने अर्का अध्यक्ष लगायतका नेताले उनको आकांक्षालाई फ्लोरिस गरे। त्यसपछि असजिलो अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन्।
अहिले अर्थमन्त्रीमा पार्टी उपाध्यक्षसमेत रहेका वामदेव गौतमसहित पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र जनार्दन शर्माले गरिरहेका छन्।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












