विप्लव नेकपाको निशानामा प्रचण्डका घरबेटी
काठमाडौं । लामो समय सुसुप्त देखिएको भूमिगत विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा फेरि सल्बलाएको छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् ।
काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेत लाई सरकारले तत्काल कारबाही गर्न प्रकाण्डले माग गरेका छन् ।
सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्नेे प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली किसानहरूको धानबाली असोजबाट पाक्न थाल्छ । किसानहरु मल अभावले छटपटाइरहेका छन्,’ विप्लव समूहको वक्तव्यमा भनिएको छ, ‘वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष–माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी (प्रचण्डका घरबेटी) र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’
बोल कबोल अनुसार सम्बन्धित ठेकदारले मल आपूर्ति नगर्दा, लाखांै लाख किसानको धान बाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालयले ठेकदारलाई कारबाहीको त के कुरा, सोधपुछसमेत नगरेको प्रकाण्डको आरोप छ ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता विश्वकर्माले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कृषिमन्त्री बंगलादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाक्छन् । यो कार्य घोर आपतिजनक, किसानहरूको बालिनाली माथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य अपराधिक खेलका रुपमा पार्टीले लिएको छ ।’
हेर्नुहोस् विप्लव समूहको विज्ञप्ति
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












