बालुवाटारमा ओली-प्रचण्ड छलफल, स्थायी समिति बैठकको समीक्षा
काठमाडौं । स्थायी समिति बैठक सकिएपछि पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
आइतबार साँझ भएको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी थिए । ओलीसँग भेटघाटका लागि प्रचण्ड साँझ ५ बजे बालुवाटार पुगेका थिए । छलफल साँढे ७ बजेसम्म चलेको थियो ।
भेटघाटका क्रममा भर्खर सम्पन्न स्थायी समितिको बैठकको समीक्षा भएको महासचिव विष्णु पौडेले जानकारी दिए । स्थायी समिति बैठकका क्रममा निकै उतारचढाव देखिएको भए पनि सकारात्मक निष्कर्षका साथ सकिएको धारणा दुवै अध्यक्ष व्यक्त गरेको पौडेले बताए।
स्थायी समिति बैठकले एकतालाई बलियो बनाउने र सहमतिकासाथ अधि बढ्ने कुरालाई जोड दिएको निष्कर्ष अध्यक्षद्वयले निकालेको महासचिव पौडेलको भनाइ छ।
आसार १० गते सुरु भएको स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण पटक-पटक रोकिएर भदौ २६ गते सकिएको थियो।
यसअघि आइतबार दिउँसो उपाध्यक्ष्य वामदेव गौतमको नेतृत्व रहेको संगठन विभागको बैठक पार्टी कार्यालय धुम्बाराहीका बसेको थियो।
त्यस बैठकले पार्टीको महाधिवेशनलाई लक्षित गरी मंसिर महिनाभरमा पार्टी सदस्यता नवीकरण काम सक्ने निर्णय गरेको छ । असोज महिनाभरि सदस्यता अभिलेख एकीकृत गर्ने कार्तिकबाट नवीकरण सुरु गरेर मंसिरसम्म नवीकरण सक्काउने निर्णय गरेको संगठन विभागका सदस्य खगराज भट्टले जानकारी दिए।
बैठकले संगठन विभागको सचिवमा बनाउनका लागि केन्द्रीय सदस्य ज्ञान बहादुर भुजेललाई संगठन विभागमा थप गर्न पार्टीलाई सिफरिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












